महिनावारी अनियमित छ ? यी उपाय अपनाउनुस्

महिनावारी अनियमित छ ? यी उपाय अपनाउनुस्

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  माघ ४, २०७५


महिनावारी अनियमित छ ? त्यसो हो भने चिन्ता नलिनुस् । यी घरेलु उपाय अपनाएर महिनावारी नियमित बनाउन सकिने चिकित्सकले बताएका छन् । ्
मेवा खानुस्
कार्यालयमा काम गर्ने महिलाहरू व्यस्त हुने भएकाले बाहिर खाना खाने गर्छन् । यस्तोमा प्रायःले जंक फुड खाने गर्छन् । 
मेवा यस्तो फल हो, जसले महिनावारी नियमित गराउने तत्व पाइन्छ । चिकित्सकका अनुसार मेवामा पाइने पेपन तत्वले शरीरमा एस्ट्रोजन हर्माेनको लेबल बढाउँछ । मेवाको सेक बनाएर पनि पिउन सकिन्छ । 
अजवाइन सेवन गर्नुस् 
अजवाइनले पनि महिनावारी नियमित बनाउन सघाउ पु¥याउँछ । यसको सेवन गर्दा महिनावारी भएका बेला आराम मिल्ने जानकार बताउँछन् । अजवाइनमा एन्टि अक्सिडेन्ट धेरै पाइन्छ, जसदले पेल्भिक एरियाको रक्तसञ्चार बढाउँछ । 
अजवाइन सेवन गर्ने विधि छ । यसलाई पानीमा भिजाउनुस् । र, त्यसपछि उक्त पानी पिउनुस् । यसले शरीर स्वस्थ राख्न पनि मद्दत पुर्याउँछ । 
फर्सीको बिज खानुस् 
महिनावारी नियमित गर्ने अर्काे खानेकुरा हो, फर्सीको बिज । यसले शरीरमा टेस्टेस्टेरान हर्माेनको स्तर पनि बढाउँछ ।
त्यतिमात्र होइन, यसले महिनावारीको समयमा हुने दुखाइ पनि कम गर्छ ।  

एजेन्सीको सहयोगमा