आरोहण प्रतिबन्ध लगाउने कार्यक्रम छैन (विज्ञप्तिको पूर्ण पाठ सहित)

आरोहण प्रतिबन्ध लगाउने कार्यक्रम छैन (विज्ञप्तिको पूर्ण पाठ सहित)

लोकसंवाद संवाददाता  |  पर्यटन  |  असार २४, २०७६

काठमाडौँ । नेपाल सरकारको पर्यटन विभागको होटेल तथा पर्वतारोहण शाखाले ‘कुनै पनि हिमालहरूमा प्रतिबन्ध लगाउने वा आगामी केही वर्ष आरोहणका गतिविधि रोक्ने र रोकाउने भन्ने कुरा निराधार’ भएको बताएको छ ।  
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय  अन्तर्गतको पर्यटन विभागकाे  होटेल तथा पर्वतारोहण शाखाकी निर्देशक मिरा आचार्यले २०७६ असार २३ गते एक प्रेस विज्ञप्ति जारी गरी उपरोक्त कुरा बताउनुभएको हो ।  प्रेस विज्ञप्तिमा भनिएको छ – आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समय आरोहण कार्य रोक्ने सम्बन्धमा यस पर्यटन विभागमा अनौपचारिक छलफल समेत भएको छैन ।  यस्तो छ विभागको विज्ञप्ति