वर्षाले रद्द गर्ला पहिलो सेमिफाइनल ?

वर्षाले रद्द गर्ला पहिलो सेमिफाइनल ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २४, २०७६

काठमाडौं । इग्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज (मंगलबार) म्यानचेस्टरमा हुने पहिलो सेमिफाइनलमा भारत र न्युजिल्याण्ड प्रतिष्पर्धा गर्दैछन् । यी दुई टिम ४४ वर्षपछि विश्वकपको सेमिफाइनलमा आमनेसामने हुँदैछन् । तर, यो खेल वर्षाले अवरुद्ध गर्ने सम्भावना छ । 

मौसम प्रतिवेदनका अनुसार आज म्यानचेस्टरमा दिनभर बादल मडारिरहने र बीच-बीचमा छिटपुट वर्षा हुनेछ । आज दिउँसो हल्का वर्षा सुरु भएपछि लगातार दुई दिनसम्म वर्षा हुने प्रतिवेदनमा उल्लेख छ । 

यसअघि पनि यी दुई टिमबीच राउन्ड रोबिन चरणको खेल वर्षाले अवरुद्ध गरेको थियो ।