विश्वकपका चार ‘सुपरस्टार’

विश्वकपका चार ‘सुपरस्टार’

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २४, २०७६

काठमाडौं । इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी)ले जारी एकदिवसीय विश्वकप प्रतियोगिताका चार खेलाडीलाई ‘सुपरस्टार’ घोषणा गरेको छ । 

आइसिसीले आफ्नो अफिसियल ट्विटर ह्याण्डलबाट ट्विट गर्दै भारतका रोहित शर्मा, अस्ट्रेलियाका मिचेल स्ट्रार्क तथा एलेक्स क्यारी र इग्ल्याण्डका जोय रुटलाई ‘सुपरस्टार’ घोषणा गरेको हो । 

यसकारण ‘सुपरस्टार’ घोषित भए यी खेलाडी 

रोहित शर्मा 

शर्मा चालू प्रतियोगितामा सबैभन्दा बढी रन बनाउने खेलाडीको अग्रस्थानमा छन् । उनले ८ पारीमा ५ शतक र १ अर्धशतकसहित ६४७ रन बनाएका छन् । यति मात्रै होइन, उनी एक प्रतियोगितामा ५ शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । 

मिचेल स्ट्रार्क 

चालू विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीको अग्रस्थानमा छन्, मिचेल स्ट्रार्क । उनले २६ विकेट लिएका छन्, यो जुन विश्वकपको एक सिजनमा लिइएको सर्वाधिक विकेटको बराबरी हो । यसअघि सन् २००७ को विश्वकपमा ग्लेन मैकयाले पनि २६ विकेट लिएका थिए । स्ट्रार्कले चालू विश्वकपमा मैकयाको यो रेकर्ड तोड्न सक्ने सम्भावना छ । 

जोय रुट 

जारी विश्वकपमा सबैभन्दा बढी क्याच लिने खेलाडीको अग्रस्थानमा छन्, इग्ल्याण्डका जोय रुट । उनले अहिलेसम्म ११ क्याच लिएका छन् । यसबा अलावा उनले २ शतक र ३ अर्धशतक गरी ५०० रन पनि बनाएका छन् । उनी आफ्नो टिमका लागि सर्वाधिक रन बनाउने खेलाडीको अग्रस्थानमा छन् । 

एलेक्स क्यारी 

अस्ट्रेलियका विकेटकिपर क्यारी यस प्रतियोगितामा स्टम्पको पछाडि सबैभन्दा बढी विकेट लिने खेलाडी हुन् । उनले अहिलेसम्म १७ क्याच र २ स्टम्पिङ गरेका छन् । उनी एडम गिलक्रिस्टको २१ विकेटको रेकर्डभन्दा २ विकेटले मात्रै पछि छन् । यस्तै, उनले प्रतियोगितामा ३२९ रन पनि बनाएका छन् ।