६ कराेडकाे पेस्ताेल

४५०० कराेड वर्ष पुरानाे उल्का पिण्डबाट निेर्मित

६ कराेडकाे पेस्ताेल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७६

काठमाडौं, एजेन्सी । अमेरिकाको डलासमा १० जुलाईमा दुईवटा पेस्तोल लिलामी  हुँदैछन् । तपाईँ अनुमान गर्न सक्नुहुन्छ यसको शुरुवाती मूल्य कति हो । शुरुवाती मूल्यले नै तपाईँलाई चकित बनाउनेछ । 

यसको शुरुवाती मूल्य नै ६ करोड रुपैयाँ  रहेको छ । दुबै पेस्तोल ४५०० करोड वर्ष पुरानो उल्का पिण्डबाट तयार गरिएको हो । विषेशज्ञका अनुसार यो सबैभन्दा पहिले पृथ्वीमा खसेको  म्योनियोनलुस्टा पिंडमध्येको एक उल्का पिण्डबाट तयार गरिएको हो । अमेरिकाको हेरिटेज अक्शन हाउसले यसको लिलामी गर्नेछ । 

म्योनियोनलुस्टा उल्का पिंडलाई १९०६ मा  स्वीडेनमा खोजि गरिएको थियो । यही उल्का पिंडबाट हाल लिलाम गर्न लागिएको पेस्तोल बनाइएको हो । लिलामीको सम्पूर्ण तयारी पुरा भएको छ । 

लिलामी हाउसका साइंस–नेचर डिपार्टमेंटका डाइरेक्टर क्रैग किसिकका अनुसार पेस्तोलका धेरैजसो भाग उल्का पिण्डबाट बनाइएको हो । लिलामी हाउसको अफिशियल वेवसाइटमा दुवै पेस्तोललाई अचम्मको तथा १९११ को चर्चित कोल्ट पेस्तोलबाट प्रेरित भएर बनाइएको हो । 

पेस्तोल बनाउने लोई बियोन्दुका अनुसार बंदूक बनाउने अनुभव बेग्लै थियो तर यो पेस्तोल तयार गर्दा यस्तो लाग्दै थियो कि कार्बन स्टील, एल्युमीनियम तथा स्टीलमा हिरा मिलाइँदै छ ।