जेम्स बांडको एस्टन मार्टिन जीबी कार लिलाममा

४२ करोड रुपैयाँ पाउने अनुमान

जेम्स बांडको एस्टन मार्टिन जीबी कार लिलाममा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७६

जेम्स बांडको १९६५ मा निर्मित एस्टन मार्टिन जीबी कार लिलाम हुने भएको छ ।

लिलामी गृहले यसको मूल्य ६० लाख डलर (४२ करोड रुपैयाँ ) पाउने अनुमान गरेको छ ।

यो कारको विशेषता भनेको यसमा मेशीन गन, बुलेटप्रूफ विंड स्क्रीन रहेका छन् ।

यो गाडी ईओन प्रोडक्शन हाउसले १९६५ मा किनेको थियो ।  

यसको उपयोग केवल थंडरबल प्रमोशनका लागि गरिएको थियो ।