८३ वर्ष पुरानो विवादास्पद १३ चित्र हटाइने

८३ वर्ष पुरानो विवादास्पद १३ चित्र हटाइने

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७६

अमेरिकाको सन फ्रांसिस्को स्थित जर्ज वाशिंगटन स्कुलको भित्तामा रहेको ८३ वर्ष पुरानो विवादास्पद १३ चित्र हटाउने फैसला गरिएको छ । यस चित्रमा अमेरिकाको दासताको समयलाई चित्रित गरिएको छ । यहाँ रहेको एउटा चित्रमा  एकजना  अमेरिकन जमीनमा मृत अवस्थामा रहेका र उनको छेउबाट  केही गोरा मानिस मार्च पास गर्दै निस्किरहेका देखिन्छन् । साथै यसमा केही दासलाई पनि देखाइएको छ ।

यी चित्रका श्रृंखला हटाउनका लागि ६ कराेड भन्दा धेरै खर्च लाग्ने छ । 

यी चित्र रूसी मूलका चर्चित कलाकार विक्टर अरनौटले स्कूलको लबी तथा भर्याञमा १९३६ मा बनाएका हुन् । पछिल्लो केही समयमा यी चित्र स्कूलबाट हटाउनका लागि आवाज उठेको थियो । कोही यसका पक्षमा तथा कोही विपक्षमा देखिएका छन् । 

हालै  स्कूल बोर्डले यी चित्र हटाउने फैसला गरेको थियो । सन फ्रांसिस्को स्कूल तथा अमेरिकी जिल्ला शिक्षा कार्यक्रमका को–अर्डिनेटर पाल फ्लोरेंसका अनुसार कसैलाई पनि हामी अमेरिकाका मूल निवासी हौं भन्ने अधिकार छैन । साथै हाम्रा विद्यार्थी जो स्कूलको हल, लबी तथा भर्याञमा घुम्छन उनीहरुलाई यो चित्र देखेर कस्तो लाग्दो हो । 

स्कूल बोर्डको  फैसला  मीडियामा आएपछि १३९ जना  कलाकार, सामाजिक कार्यकर्ता तथा एकेडेमीका हस्तिले बोर्डको नाममा खुला पत्र लेख्दै यी चित्रलाई नष्ट नगरी अर्को कुनै ठाउँमा राख्नुपर्ने पनि बताएका छन् ।