प्रतिमिनेट कति थपिन्छ विश्वको जनसंख्या ?

प्रतिमिनेट कति थपिन्छ विश्वको जनसंख्या ?

ज्ञानमित्र  |  ज्ञानविज्ञान  |  असार २४, २०७६

हिजो ८ जुलाई २०१८, तदनुसार असार २३ गते २०७६ । 

सोमबार दिउँसो २ः३० मिनेट । 

यतिखेर विश्वको जनसंख्या ७ अर्ब ७१ करोड ७१ लाख ६८ हजार २ सय १५ पुग्यो । 

हिजो अपहान्ह १ः३० मिनेटसम्म २ लाख ३५ हजार ५ सय शिशु जन्मिए । आजको दिन यही समयमा ९७ हजार ४ सय ५० जनाले मृत्युवरण गरे । यस हिसावले आजको जनसंख्या वृद्धि जन्मिने शिशु संख्या अपरान्ह २ः३० सम्म २ लाख ३२ हजार ५ सय ३० भए पनि संसारबाट बिदा भएर जानेको संख्या घटाउँदा १ लाख ३४ हजार ६ सय ८० हुन आउँछ । 

सामान्यतया विश्वभर प्रत्येक मिनेटमा २ सय ५० नवजात शिशुले जन्म लिन्छन् । यही १ मिनेटमा विश्वभरमा १ सय ५ जनाले संसारलाई अलिबिदा भन्छन् । 
भन्न सकिन्छ– विश्वको जनसंख्या प्रतिमिनेटमा  १ सय ४५ अंकले वृद्धि भइरहेको छ । 

यस सन्दर्भमा चलिरहेको वर्ष २०१९ को सापेक्ष हेर्ने हो भने यो वर्षमा अहिलेसम्म ७ करोड २७ लाख ३३ हजार ७ सय ४० नयाँ शिशुले जन्म लिए भने यसै अवधिमा ३ करोड ५ लाख १६ हजार ७ सय १५ जनाको मृत्यु भयो । यस वर्षको अहिलेसम्म जनसंख्या वृद्धि ४ करोड २२ लाख १७ हजार २५ हुन आउँछ । 

मोटामोटी रूपमा भन्न सकिन्छ– विश्वको आवादी प्रतिमिनेट १ सय ४५ का दरले वृद्धि भइरहेको छ । १ घण्टामा यो वृद्धि ८ हजार ७ सय, एक दिनमा २ लाख ८ हजार ८ सय, एक महिनामा ६२ लाख ६४ हजारका दरले भइरहेको छ । 

संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार विश्वको जनसंख्या अक्टुबर २०११ मा ७ अर्ब पुगेको थियो । संयुक्त राष्ट्र संघको अनुमान अनुसार २०२४ मा विश्वको जनसंख्या ८ अर्बको अंक हुनेछ । 

वैज्ञानिकका अनुसार विश्वको जनसंख्याले १० अंकको संख्या (१ अर्ब) सन् १८०४ मा छोएको थियो । तर, विश्वका जनसंख्या २ अर्ब पुग्न धेरै लामो समय पर्खनु पर्यो । सन् १९२७ मा आएर विश्वको जनसंख्या २ अर्ब पुगेको थियो । तर, त्यसपछि जनसंख्या वृद्धि तीव्र गति भयो । अर्को ३२ वर्ष अर्थात् सन् १९५९ मा ३ अर्ब, त्यसपछिको १५ वर्ष अर्थात् १९७४ मा ४ अर्ब र यसको १३ वर्षपछि १९८७ मा जनसंख्या ५ अर्ब पुग्यो । विश्वको जनसंख्या ६ अर्ब पुग्न जम्मा १२ वर्ष लाग्यो । सन् १९९९ मा ७ अर्ब पुगेको जनसंख्या अर्को १२ वर्ष अर्थात् २०११ मा ७ अर्ब पुग्यो । 

१९५९ पछि जनसंख्या वृद्धिमा आएको तीव्रताले ५ अर्ब जनसंख्या बढ्न जम्मा ६५ वर्ष लाग्यो । औसतमा प्रत्येक १३ वर्षमा विश्वमा १ अर्ब थप खाने मुख बढे । 

विश्वका जनसंख्या सन् २०२४ मा ८ अर्ब पुग्ने अनुमान गरिएको छ । यो अवधि पनि १३ वर्ष नै हो । यस बढ्दो विकराल जनसंख्याले विश्वसामु  अनेकौं समस्या उब्जायो । चाहे त्यो खाद्यान्न वा पानीको समस्या होस् अथवा बिग्रदो वातावरणको । 

विश्वको जनसंख्या ९ अर्ब पुग्न भने सन् २०४२ सम्म कुर्नुपर्छ । भनाइको अर्थ अर्को १ अर्ब जनसंख्या थपिन १८ वर्ष लाग्नेछ । सन् २०४२ पछि विश्वको जनसंख्या वृद्धिमा बढोत्तरीको सट्टा ह्रास आउने अनुमान विज्ञले लगाएका छन् । 

भोजन, पानी, शिक्षा, रोजगार, आवाश जस्ता मानवीय समस्या मात्र राज्यको निकम्मापन हो । यी वास्तविक समस्या होइनन् । वास्तविक समस्या पृथ्वीको स्वास्थ्य हो । पृथ्वीको स्वास्थ्य सन्तुलित रहेमा जनसंख्या वृद्धि समस्या होइन । 

पृथ्वीको स्वास्थ्य सन्तुलित राख्न अहिले विश्वभर रहेका रुख संख्या ३०४० अर्ब (३.०४ ट्रिलिइन) तीन गुना बढाउनु पर्ने हुन्छ । 

येल युनिभसिर्टीका अनुसन्धानकर्ता थोमस क्रोथरका अनुसार अहिले प्रत्येक मानिसको भागमा जम्मा ४२२ रुख पर्न आउँछ । प्रत्येक वर्ष विश्वभरि १५ अर्ब रुख सखाप पार्ने क्रम चलिरहेको  छ ।  यो कमजोरी रहेमा आउँदो २५०–३०० वर्षमा पृथ्वी रुखसहित बन्न पुग्नेछ । 

कुन धर्मका कति ? 

विश्वभरिका मानिसले अनेकौ धर्म मान्छन् । विश्वको जनसंख्या ७ अर्ब ७१ करोड ६१ लाख ६८ हजारमध्ये सर्वाधिक ३१.५ प्रतिशत इसाई धर्मालम्बी छन् । यो संख्या झण्डै २ अर्ब ४३ करोड ७० लाख हुन आउँछ । 

दोस्रो नम्बरमा इस्लाम धर्मालम्बी पर्छन् । विश्वमा इस्लाम धर्म भन्नेको संख्या २३.२ प्रतिशत रहेको छ । यसै झण्डै १ अर्ब ७९ करोड हुन आउँछ ।

कुनै धर्म नमान्नेहरू १६.३ प्रतिशत छन् । 

यसैगरि चौथो नम्बरमा हिन्दू धर्मालम्बी छन् । विश्वमा हिन्दू धर्म मान्ने १५ प्रतिशत छन् । यो १.१५ अर्ब हुन आउँछ । 

यस्तै, बौद्ध धर्मालम्बी ७.१, परम्परागत चिनियाँ धर्मालम्बी ५.५०, जनजाति धर्मालम्बी ४.१९, परम्परागत अफ्रिकी धर्मालम्बी १.४, सिख धर्मालम्बी ०.३२, जुडिज्म धर्मालम्बी ०.२०, बहाई धर्मालम्बी ०.१० र जैन धर्मालम्बी ०.०७ प्रतिशत छन् ।