घरमै बच्चा जन्माउँछन् सुदूरपश्चिमका एक तिहाइ महिला

घरमै बच्चा जन्माउँछन् सुदूरपश्चिमका एक तिहाइ महिला
Test

लोकसंवाद संवाददाता  |  जीवनशैली  |  माघ ६, २०७५

जनचेतना नहुँदा सुदूरपश्चिम प्रदेशका एक तिहाइभन्दा बढी महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज पाण्डेयका अनुसार सुदूरपश्चिम प्रदेशका ३४ प्रतिशत महिलाले घरमै बच्चा जन्माउने गरेका छन् । 

स्वास्थ्य संस्थामा बच्चा जन्माउनुपर्छ भन्ने मानसिकता नहुँदा समस्या देखिएको उहाँको भनाइ छ । उहाँका अनुसार प्रदेशका ७ सय ३३ वडामध्ये ६ सय ५८ मा बर्थिङ सेन्टर स्थापना भएका छन् । तर, सबै बर्थिङ सेन्टरमा गर्भवती महिला नआएको उहाँको भनाइ छ ।  

उहाँका अनुसार प्रदेशका सबै जिल्लामा गर्भवतीलाई स्वास्थ्य संस्थामा आउन प्रोत्साहन गर्ने उद्देश्यले निमन्त्रणा कार्ड पठाउने व्यवस्था गरिएको खबर राससमा छ ।