साेलार प्लेन

साेलार प्लेन

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७६

काठमाडौं, एजेन्सी । रूसको सोलार प्लेन लेतायुस्चाया ल्याबोरेटोरिया (फ्लाइंग ल्याब) ले पहिलो पटक लामो उडान भरेको छ ।

यसले मस्को देखि क्रीमियासम्मको १७०० किमि दूरीको सफल उडान गरेको छ ।  

प्लेनका पाइलट फ्योडोर कोनियुकोवले सन् २०२१ सम्म  याे प्लेनले संसारभर उडान भर्न सक्ने बताएका छन् । यसमा सफलता मिलेका खण्डमा यसको व्यवसायीक उत्पादन गर्ने योजना छ ।  

यो प्रोजेक्टमा काम गर्ने टीमको दावी छ कि यो प्लेनले चाँडै नै संसारको चक्क्र लगाउनेछ र यो प्लेन सात दिनमा आफैं सौर्य उर्जाको मद्दतले चार्ज समेत हुनेछ ।