२.६ करोड़को हाते ब्याग

२.६ करोड़को हाते ब्याग

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २४, २०७६

काठमाडौं, एजेन्सी । रिलायंस फाउंडेशनकी अध्यक्ष नीता अंबानीको ह्याण्ड ब्यागको तस्वीर सोशल मीडियामा भाइरल भएको छ ।

उनको हर्म्स हिमालय बर्किन ब्यागको मूल्य २.६ करोड़ रुपैयाँ पर्नेछ । यसमा २४० हीरा जडिएका छन् । 

करिश्मा कपूरले इंस्टाग्राम अकाउंटमा शेयर गरेको तस्वीरमा नीता अंबानी बर्किन ब्यागका साथ देखिन्छिन् । उनका साथ करिश्मा कपूर तथा करिना पनि देखिन्छन् । 

ब्रिटिश अक्शन हाउस क्रिस्टीज डट कमका अनुसार हर्म्स हिमालय बर्किन ब्याग कलेक्शनका लागि राम्रो मानिन्छ ।

नीता अंबानीको ब्यागमा  १८ क्यारेटको सुनमा २४० हीरा जडिएका छन् । बर्किन ब्याग सेलिब्रिटीहरुले खरीद गर्ने तथा उच्च मूल्यका कारण चर्चित छन् । 

यो ब्यागको नाम ब्रिटिश एक्ट्रेस तथा सिंगर जेन बर्किनको नाममा राखिएको हो ।