विवध विशेषता सहितकाे साेनीकाे कम्प्याक्ट भर्सन RX0 II

विवध विशेषता सहितकाे साेनीकाे कम्प्याक्ट भर्सन RX0 II

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७६

काठमाडाै‌ एजेन्सी । सोनीले आफ्नो चर्चित कम्प्याक्ट क्यामरा रेंजको लेटेस्ट एडिशन सोनी RX0 II लन्च गरेको छ ।

कंपनीको दावी छ कि यो संसारकै सानो तथा हल्का अल्ट्रा प्रीमियम कम्प्याक्ट क्यामरा हो । १३२  ग्राम वजन भएको यो क्यामरा सोना  RX0  को अपग्रेड भर्सन हो ।

यसको डाइमेंसन केवल 59*40.5*35 एमएम छ । तर, यो छोटो क्यामराको फिचर्स भने धेरै लामो छ । जस्तो यसको स्क्रीनलाई १२० डिग्री घुमाउन सकिन्छ भने यो वाटरप्रूफ, डस्टप्रूफ, शकप्रूफ तथा क्र्याशप्रूफ छ ।

यसले २०० किलोसम्मको भार वहन गर्ने क्षमता राख्छ । 

सोनी RX0 II मा १५.३ मेगापिक्सेलको एक्समोर आरसी सीमोस इमेज सेंसर तथा  एडभान्स BIONZ X  इमेज प्रोसेसिंग इंजीन छ जसले गुणस्तरीय फोटो खिच्न मद्यत गर्छ । 

मार्चमा ग्लोबल लन्च भएको सोनी RX0 II  को मूल्य ४८,००० रुपैयाँ थियाे । सोनी RX0 को जस्तै यसमा पनि ४ काे  ३० पिक्सेल भिडियो शुट गर्न समेत सकिने छ । 

गतिशील वस्तुको फुटेज लिनका लागि यसमा इन–बडी इलेक्ट्रोनिक स्टेबिलाइजेशन फीचर पनि छ । यसका अलावा १०० fps  सम्म  सुपर स्लो मोशन रेकर्डिंग, अनकम्प्रेस्ड ४K एचडीएमआई आउटपुट तथा प्रोक्सी मुभि रेकर्डिंग जस्ता फीचर्स रहेका छन् । 

सोनी  RX0 II  काे मूल्य  ५७,९९० रुपैयाँ छ । यसको बिक्री १५ जुलाई देखि शुरु हुनेछ ।