जैफ बेजोस किंग अफ साइबर कमर्स

जैफ बेजोस किंग अफ साइबर कमर्स

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७६

काठमाडाै‌, एजेन्सी । तीनजनाले  ५ जुलाई १९९४ मा शुरु गरेको अमेजन आज साँढे ६ लाख कर्मचारिका साथ अमेरिकाको सबैभन्दा ठूलो रोजगारदाता कम्पनी बनेको छ ।

१९९७ मा जब पहिलो पटक कंपनी सार्वजनिक भयो उसको एक शेयरको मूल्य १.९६ डलर थियो ।  

आज अमेजनको शेयर ९९१ गुनाले वृद्धि भई एक शेयरको मूल्य १९४२.९१ डलर पुगेको छ ।

अमेजनको प्लेटफर्ममा सामान बेचने २५ हजार भन्दा धेरै  विक्रेता अहिले करोडपति बनिसकेका छन् ।

अमेजन आज ई कॉमर्स, इंटरनेट, क्लाउड कम्प्यूटिंग, वीडियो स्ट्रीमिंग तथा आर्टिफिशियल इंटेलिजेंसको क्षेत्रमा संसारको ठूला कम्पनी मध्ये एक हुन पुगेको छ । 

टाइम म्यागजीनले १९९९ मा अमेजनका सिइओ जेफ बेजोसलाई पर्सन अफ द ईयर तथा द किंग अफ साइबर कमर्सको उपाधि दिएको थियो ।

३५ वर्षको उमेरमा यो पुरस्कार पाउने बेजोस चौथो युवा बनेका थिए । 

अनलाइन बुक स्टोरबाट शुरुवात भएको अमेजनले ५ जुलाईमा आफ्नो २५ वर्ष पुरा गरेको छ ।  

घरको ग्यारेजबाट शुरू भएको अमेजन २५ वर्षमा १ लाख करोड़ डलर मूल्यांकन सहित संसारको सबैभन्दा ठूलो दोस्रो कम्पनी भएको छ ।

यसका संस्थापक जेफ बेजोस अहिले संसारको सबैभन्दा धनी व्यक्ति हुन् 

 

ई–कमर्स व्यवसायमा कम्पनीको भागिदारी 

 

  • अमेजन
                         ४५  %   
  • ई-बे
                         ६‍.८  %
  • वालमार्ट
                          ४.०  %
  • एप्पल
                          ३.८  %
  • होम डिपो
                          १.६  %
  • बेस्ट बाइ
                          १.३  %
  • अन्य
                          ३७   %