कबीर सिंह पछि शाहिद कपूरले बढाए फीस

कबीर सिंह पछि शाहिद कपूरले बढाए फीस

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार २५, २०७६

फिल्म कबीर सिंहको अपार सफलता पछि  शाहिद कपूरले आफ्नो फीस बढाएका छन् । 

मुंबई मिररका अनुसार शाहिदले अब एउटा फिल्म खेलेवापत करीब ३५ करोड़ लिने मनस्थिति बनाएका छन् ।

हाल उनले एउटा फिल्मका लागि १० देखि १५ करोड लिने गरेका छन् । 

२१ जुनमा रिलीज भएको कबीर सिंहले २४३ करोड़ कमाइसकेको छ ।

कबीर सिंहले १९ दिनमा भारतीय बक्स अफिसमा २४३.१७ करोडको आंकड़ा पार गरेको थियो ।

फिल्म बलीवुडमा सबैभन्दा धेरै कमाई गर्ने फिल्मको सूचीमा दसौं नंबरमा रहेको छ ।

फिल्मले उरीः द सर्जिकल स्ट्राइकलाई ११औंं स्थानमा धकेलिदिएको छ ।  

शाहिदको करियरमा यो नै अहिले सम्मको सबैभन्दा हिट साबित भएको छ साथै पहिलो सोलो हिट । 

फिल्मप्रति दर्शकले देखाएको मायाका लागि उनले सोशल मीडियामा एउटा पोस्ट गर्दै आभार व्यक्त गरेका छन् । उनले भनेका छन, कबीर सिंहलाई बुझ्ने, माया गर्ने तथा माफी गर्ने सबैमा धन्यवाद ।