भारतीय मूलकी अश्वेत महिला अमेरिकाको राष्ट्रपति पदको प्रत्याशी

भारतीय मूलकी अश्वेत महिला अमेरिकाको राष्ट्रपति पदको प्रत्याशी

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २५, २०७६

भारतीय मूलकी आमा तथा जमैकन पिताको सन्तान सीनेटर कमला हैरिसले सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वार बन्नका लागि पछिल्लो छ महिनामा २.३ करोड डलर चन्दा जुटाएकी छन् । 

यसले अमेरिकाको पहिलो भारतीय मूलकी सीनेटर कमला हैरिसलाई राष्ट्रपति पदको उम्मेद्वार बन्नका लागि बलियो दाबेदारी प्रस्तुत भएको छ ।

डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति प्रत्याशी बन्ने होडमा हैरिस समेत २० भन्दा धेरै नेता रहेका छन् । 

पछिल्लो महीना भएको प्राइमरी बहसमा हैरिसको राम्रो प्रदर्शनले पनि उनलाई उत्साहित बनाएको छ ।

यदि उनी राष्ट्रपति भएका खण्डमा पहिलो अश्वेत अमेरिकी महिला राष्ट्रपति हुनेछिन् । तर, हैरिसको नागरिकताको विषयलाई लिएर प्रश्न पनि उठेको छ ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति बराक ओबामाको सन्र्दर्भमा पनि यस्तै सवाल उठेको थियो ।