जातीय विभेद गर्नेलाई तीन महीना कैद  र एक हजार जरिवाना

जातीय विभेद गर्नेलाई तीन महीना कैद  र एक हजार जरिवाना

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २६, २०७६

दैलेख ।  जिल्ला अदालत दैलेखले जातीय विभेद गर्ने महावु गाउँपालिका–५ का ६० वर्षीय डिलबहादुर रावतलाई तीन महीना कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला सुनाएको हो । जातीय भेद्भाव तथा छुवाछूत कसुर सजाय ऐन २०६८ दफा ७ ९१० ९क० तथा मुलुकी अपराधसहिंता २०७४ को दफा १६६ को ९२० बमोजिम कैद र जरिवानाको फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आर्चायले बताउनुभयो ।

तत्कालीन युद्घमा भूमिगत छँदै शोभा सुनार र गणेशबहादुर रावतले अन्तरजातीय विवाह गर्नुभएको थियो । शोभाका श्रीमान् गणेशबहादुरले दोस्रो विवाह गरी भागेपछि आफ्ना छोराछोरीलाई गाँस, बास र पढाउनका लागि खर्चसहित अंश मागेपछि जेठाजु दिलबहादुरले आफूलाई अभद्र व्यवहार गरी जातीय छुवाछूत गरेको भनी शोभाले विसं २०६७ जेठ १ गते मुद्दा दर्ता गर्नुभएको थियो ।

प्रतिवादी दिलबहादुरले जातीय छुवाछूत कसुर गरेको देखिन आएको हुँदा उहाँलाई सो फैसला सुनाइएको अदालतले जनाएको छ ।