शिल्पा र छविको घर झगडा प्रहरी कार्यालयमा !

शिल्पा र छविको घर झगडा प्रहरी कार्यालयमा !

लोकसंवाद संवाददाता  |  समाज  |  असार २६, २०७६


काठमाडौं । घरेलु हिंसाको शिकार भएको भन्दै अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन् । उनले घरेलु हिंसा भएको भन्दै शान्ति सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

शिल्पाले जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरी अहिले  महानगरीय प्रहरी परिसर काठमाडौंमा आइपुगेको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

‘शान्ति सुरक्षाको माग गर्दै अभिनेत्री शिल्पाले उजुरी दिएकी छन् । अभिनेत्री रेखा थापासँग डिभोर्स गरेपछि चलचित्र निर्माता ओझा अभिनेत्री पोखरेलसँग २०७३ साल दसैंमा विवाह बन्धनमा बाँधिएका थिए ।

उनीहरु दुवैले विवाह गरेको तत्कालै स्वीकार नगरे पनि गत वर्ष मात्र उनीहरुले आफूहरूले विवाह गरेको सार्वजनिक रूपमा स्वीकार गरेका थिए ।

छविले शिल्पालाई ‘लज्जा’ चलचित्रबाट डेब्यु गराएका थिए । शिल्पाले त्यसपछि छविको ब्यानरमा निर्माण भएका ‘मंगलम’ तथा ‘हबल्दार सुन्तली’ मा अभिनय गरेकी थिइन् ।नायिका शील्पा अहिले चलचित्र निर्देशक विकास रौनियरको घरमा आराम गरिरहेको समेत जनाकारी दिइएकाे छ  ।