अब ब्याक्टेरियाद्वारा क्यान्सरको उपचार

अब ब्याक्टेरियाद्वारा क्यान्सरको उपचार

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २६, २०७६

काठमाडाै‌, एजेन्सी । चिकित्सा विज्ञानको क्षेत्रमा अनेक अनुसन्धानका वावजुद आजसम्म पनि क्यान्सरको भरपर्दो उपचार फेला परेको छैन् । आज पनि चिकित्सा विज्ञानका लागि क्यान्सर ठूलो चुनौती बनेको छ । 

यसको उपचार आज पनि ज्यादै महंगो छ र भरपर्दो छैन् । शरीरमा उपचारको दुष्प्रभाव पनि त्यत्तिकै देखापर्छ । 

अहिलेसम्म केमोथेरापीलाई क्यान्सरको सबैभन्दा असरदार उपचार विधि मानिंदै आएको छ तर यसले शरीरका अन्य क्यान्सर रहित कोषिकाहरुमा पनि असर गर्छ । यसकारण शरीरका अन्य कोषिकालाई असर नप्र्याइकन गरिने उपचार पद्धतिको खोजिमा वैज्ञानिकहरु रहेका छन्  । 

हालै यस्तै एक प्रकारको उपचार पद्धति मुसामा सफल भएको छ । यो उपचार पद्धतिमा ब्याक्टरियाको मद्दतले क्यान्सरका कोषिकालाई नष्ट गरिन्छ । 

बोस्टन स्थित म्यासाचुसेट्स जनरल हस्पिटलका डा माइकल डनका अनुसार, मुसामा सफल प्रयोग भएको यो प्रविधि मानिसमा पनि सफल हुन्छ भन्ने कुराको यकिन गर्न सकिंदैन तर यसले एउटा आशा भने जगाएको छ । भविष्यमा हामीले तयार गरेको ब्याक्टेरियाको प्रयोग क्यान्सर उपचारका लागि प्रयोग गर्छौं, यसमा ठूलो संभावना छ । जसमा  क्यान्सर कोशिकालाई लक्ष्य गरी ब्याक्टेरियालाई हतियारका रुपमा प्रयोग गर्ने । 

ब्याक्टेरियालाई यस प्रकारले तयार गरिएको छ कि क्यान्सर ट्युमरमा पुग्नासाथ ब्याक्टेरियाले न्यानोबडी उत्पादन गर्न थाल्छ । साथै आफ्नो संख्या पनि बढाउन थाल्छ । 

तत्पश्चात एउटा निश्चित संख्या भएपछि करीब ९० प्रतिशत ब्याक्टेरिया आफैं मर्छन् । यसबाट बनेको एंटीबडीले ट्यूमरलाई भित्रबाट कमजोर बनाउँछ साथै यसले जीन सीडी –४७ लाई निशाना बनाउँछ । 

त्यस्तै मरेका ब्याक्टेरिया ट्यूमरबाट बाहिर निस्कन्छन जसका कारण प्रतिरक्षा कोशिका ती मृत ब्याक्टेरिया तर्फ आकर्षित हुन्छ । यस प्रकारको दोहोरो आक्रमणले क्यान्सर कोशिका जीवित रहन सम्भव हुँदैन् । यो पूरा प्रक्रियाले शरीरमा कुनै पनि दुष्प्रभाव पर्दैन् ।