घर खाली राख्दा १.४ करोड जरिवाना

घर खाली राख्दा १.४ करोड जरिवाना

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २६, २०७६

काठमाडौंं, एजेन्सी । क्यानडाको भ्यानकुभर प्रशासनले चिनियाँ अरबपतिकी पत्नीलाई घर किनेर खाली राखेकोमा १.४ करोड़ रुपैयाँ जरिवाना गरेको छ । 

उनले उक्त घर १४३ करोड रुपैयाँमा खरिद गरेका थिए । भ्यानकुभर प्रशासनले २०१८मा एम्प्टी होम ट्याक्स लागु गरेको थियो । यसका अनुसार यदि घर खाली राखेका खण्डमा एक प्रतिशत जरिवाना तिर्नुपर्ने हुन्छ । 

२०१५ मा यिजुले बेलमोंट एवेन्यु इलाकामा ‘ओशन भ्यु’ घर खरीद गरेकी थिइन् । उनका पति जेन झियांग चीनको पीपुल्स नेशनल कांग्रेसका नेता हुन् । 
 
फोर्ब्सका अनुसार जेन दंपतीको कुल सम्पत्ति ६४७५ करोड़ रुपैयाँ हो । 

घर मालिक यिजुले नोटिसका विरुद्ध ब्रिटिश कोलंबिया सुप्रीम कोर्टमा निवेदन दिएकी छन् । उनले घर खाली रहे पनि मर्मतको काम भने चलिरहेको बताइन् ।