फोब्र्सको सूचीमा बलिउडबाट अक्षय कुमार मात्र

फोब्र्सको सूचीमा बलिउडबाट अक्षय कुमार मात्र

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार २६, २०७६

काठमाडौं, एजेन्सी । फोब्र्सले यस वर्षको संसारभरको कलाकारको कमाईको सूची सार्वजनिक गरेको छ । 

फोब्र्सले जारी गरेको सूचीमा यसपटक बलिउडबाट अक्षय कुमार एक्लो प्रतिनिधि भएका छन् । यस पटक सलमान खान पनि सूचीबाट बाहिर परेका छन् । 

फोब्र्सले जारी गरेको सूचीबाट पनि के प्रष्ट हुन्छ भने अक्षय कुमार २०१९ मा सबैभन्दा धेरै कमाई गर्ने बलिउड कलाकार हुन् । 

कुनै बेला फोब्र्सको सूचीमा  अभिनेता अमिताभ बच्चन, शाहरुख खान, सलमान खान तथा अक्षय कुमार अटाउने गर्थे । तर यसपटकको सूचीमा भने केवल अक्षय कुमार मात्र परेका छन् । 

सन् २०१८मा पनि अक्षय कुमारले बलिउडमा सबैभन्दा धेरै आम्दानी गरेर फोब्र्सको सूचीमा परेका थिए । तर, २०१८को सूचीमा सलमान पनि परेका थिए । 

अक्षय कुमार संसारभरका धेरै कमाई गर्ने कलाकारमा ३३ नम्बरमा परेका छन् । उनको एक वर्षको कमाई ६५ मिलियन डलर रहेको छ ।

कमाईको मामिलामा उनले भारतीय कलाकार मात्र नभएर हलीउडका चर्चित कलाकारहरु रिहाना, ज्याकी चैन, ब्रेडली कुपर, स्कारलेट जनेनसनलाई पनि पछि पारेका छन् ।