उपकुलपति आठ लाख घूस सहित नियन्त्रणमा !

उपकुलपति आठ लाख घूस सहित नियन्त्रणमा !

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २७, २०७६

सुनसरी। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा. डा. राजकुमार रौनियार र प्रतिष्ठानका डा. रामहरि रौनियार  आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् ।

प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले २०७६ असार २६ गते बिहिबार  रौनियारलाई घूस रकम लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई प्रतिष्ठानको परिसरस्थित उपकुलपति निवासबाट रङ्गेहात नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।