चीनको प्रभाव कम गर्न पाकिस्तानसँग नजिक हुने प्रयासमा अमेरिका

चीनको प्रभाव कम गर्न पाकिस्तानसँग नजिक हुने प्रयासमा अमेरिका

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २७, २०७६

वासिंगटन । चीनको बढ्दो प्रभाव कम गर्न अमेरिकाले पुनः आफ्नो पुरानो सहयोगी पाकिस्तानसँग नजिक हुने प्रयास थालेको छ । अमेरिकाको एक शीर्ष जनरलको बयानबाट यस्तै संकेत मिलेको छ । संयुक्त चिफ अफ स्टाफका प्रमुखका रूपमा जनरल मार्क ए मिलेले भनेका छन्- अमेरिका र उसका सांसद्लाई पाकिस्तानसँग मजबूत सैन्य-सम्बन्ध बनाइराख्न आवश्यक छ । 

यो बयान पाकिस्तानी प्रधानमन्त्री इमरान खान र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बैठकअघि आएको हो । यो बैठक जुलाई अन्तिममा ह्वाइट हाउसमा हुँदैछ । 

अमेरिकी जनरलले सिनेट सशस्त्र सेवा समितिको सुनुवाईका क्रममा लिखित प्रश्नको जवाफमा भनेका छन्– हामीले सुरक्षा सहायता निलम्बित र रक्षा–मुद्दामा छलफल बन्द गरेका छौं । तर, हामीलाई साझा हितका आधारमा मजबूत सैन्य-सम्बन्ध बनाइराख्न जरुरी छ । 

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुहम्मद फैसलका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पको निमन्त्रणामा प्रधानमन्त्री खान अमेरिका जाँदैछन् । प्रधानमन्त्री खानले जुलाई २२ मा ट्रम्पसँग भेटघाट गर्दैछन् । दुवै नेताबीच द्विपक्षीय सम्बन्धमा ताजापन ल्याउने विषयमा दुवै नेताबीच वार्तालाप हुने खबर पिटिआइमा छ ।