काभ्रेमा घर पुरिँदा दुईको मृत्यु

काभ्रेमा घर पुरिँदा दुईको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७६

काठमाडौं । काभ्रेमा पहिरोले घर पुरिँदा दुईको ज्यान गएको छ । यस्तै, दुई घाइते छन् ।

बिहीबारदेखि परेको लगातारको वर्षासँगै परेको पहिरोको कारण बनेपा नगरपालिका–३, नाला, चुनातालकी ५५ वर्षीया गोमा दंगाल र उनकी नातिनी ७ वर्षीया सोहनीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बुहारी सुशीला र अर्की नातिनी अनुष्का घाइते छन् । उनीहरूको उद्दार गरी उपचारका लागि शीर मेमोरियल अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।