नियाग्रा फल्सको १८८ फीटबाट खसेको व्यक्ति जीवितै

नियाग्रा फल्सको १८८ फीटबाट खसेको व्यक्ति जीवितै

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७६

काठमाडौं, एजेन्सी । क्यानडाको नियाग्रा फल्सको १८८ फीट उचाइबाट खसेका एक व्यक्ति सकुशल भेटिएका छन् । 

क्यानडा पुलिसका अनुसार, जुलाई ९ तारिखमा ४ बजे एकजना व्यक्ति नियाग्रा फल्सको एउटा रिटेनिञवालबाट फल्सको किनारामा खसेर बगेको भन्ने  खबर आयो त्यसपछि उद्धार कार्यका लागि गएको टिमले साँढे २ घण्टाको खोजिपछि उनलाई सकुशल चट्टानमा बसेको अवस्थामा भेट्यो । 

सन् १९६० पछिको यो पाँचौं घटना हो । 

नियाग्रा पार्क पुलिसका अनुसार नियाग्रा फल्समा खसेको पहिलो घटना भने ९ जुलाई १९६० को हो  । त्यसबेला ७ वर्षका रोजर वुडवर्ड भन्ने बालक खसेका थिए । उनलाई उनकी दिदीले बचाइन तर उनको साथीको भने उक्त घटनामा ज्यान गएको थियो । 

त्यस्तै अक्टोबर २०१३ मा किर्क जनेस नामक व्यक्ति नियाग्रा फल्समा खसेका थिए । त्यसबेल उनको हड्डी भाँचिनुका साथै स्पाइनलमा पनि चोट आएको थियो । तर,पछि थाहा भयो कि उनले त्यसबेला स्टंट गरेका थिए । त्यसका लागि उनलाई ३ हजार डलर जरिवाना पनि गरिएको थियो ।

सन् २०१७ मा फेरि जनेसले दोस्रो पटक स्टंट गरे । त्यसमा भने उनको मृत्यु भयो । 

स्थानीय मीडियाका अनुसार, जुलाई ९ मंगलवारका दिन जीवित भेटिएका व्यक्तिले आत्महत्याको प्रयास गरेको भन्ने खबर छ तर यसको पुष्टि भने भएको छैन् ।