सल्यानका शाखा अधिकृतविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

सल्यानका शाखा अधिकृतविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

लोकसंवाद संवाददाता  |  अपराध  |  असार २७, २०७६

काठमाडौं । सल्यानका शाखा अधिकृतविरुद्ध काठमाडौंको विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओलीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको हो । 

सूचना एवम् उजुरीका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले ओलीलाई घुसबाफतको २५ हजार रूपैयाँ लिइसकेको अवस्थामा भेटेको र त्यसपछि घटनाबारे अनुसन्धान थालिएको आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अनुसन्धानका क्रममा ओलीले नियमानुसार सरुवा गर्नुपर्ने शिक्षकलाई बाध्य पारेर सो रकम घुस लिएको पाइएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको विज्ञप्तिमा उल्लेख छ ।