३६६ असईको बढुवा सिफारिस (सूचीसहित)

३६६ असईको बढुवा सिफारिस (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७६

काठमाडौं । नेपाल प्रहरीका ३६६ प्रहरी सहायक निरीक्षक (असई)को बढुवा सिफारिस गरिएको छ । 

प्रहरी प्रधान कार्यालयको बढुवा समिति बैठकले जनपथ प्रहरी समूहका प्रहरी सहायक निरीक्षकलाई सोही समूहतर्फको प्रहरी नायब निरीक्षक (सई)मा बढुवाका लागि सिफारिस गरेको हो । 

बढुवा सिफारिस हुने पहिलो नम्बरमा दीपक कटुवाल छन् । जिल्ला प्रहरी कार्यालय, मोरङ अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत कटुवालले ८७.९७ अंक पाएका छन् । यसैगरी बढुवा सिफारिस हुनेमा दोस्रो, तेस्रो, चौथो र पाँचौंमा क्रमशः शुभाषचन्द्र नेपाल, रविनकुमार खड्का, सुवास खतिवडा र सुवास अधिकारी रहेको सूचनामा उल्लेख छ । 

प्रहरी नियमावली, २०७१ (संसोधन सहित) को नियम २७ को उपनियम ४ को प्रावधान अनुसार बढुवा सिफारिस गरिएको कार्यालयले जनाएको छ । 

हेर्नुस् सूची