एक झुप्पो अंगुरको ७.५ लाख

एक झुप्पो अंगुरको ७.५ लाख

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७६

काठमाडौं, एजेन्सी । अंगुरको मूल्य कति होला ? तपाँइको उत्तर आउन सक्छ महंगोमा किलोको २००–३०० । तर, जापानमा भने २४ वटा रातो अंगुरको मूल्य ७.५ लाख परेको छ ।

९ जुलाइमा भएको लिलामीमा २४ वटा अंगुरको एक झुप्पाको मूल्य ७.५ लाख पर्न गएको छ जापानमा ।  विशेष प्रकारको यो अंगुरको वजन करीब २० ग्राम हुन्छ । १२ वर्ष पहिले यो खास अंगुरको प्रजातिको विकास इशिकावा प्रांत सरकारले गरेको थियो । यसलाई विशेषगरि धनीको फलको रुपमा लिइन्छ । 

जापानमा यो रूबी रोमनको नामबाट चिनिन्छ । यो एकदमै मिठो र रसिलो हुने गर्छ । साथै यो अलिक एसिडिक पनि हुने गर्छ । रूबी रोमन अंगुरलाई जापानको विलाशी फलको रुपमा लिइन्छ । विशेष शुभ अवसर तथा व्यापार प्रवद्र्धनका लागि यसको उपहार दिने चलन छ । 

लिलाम गर्नै कम्पनीक अनुसार यसको माग अत्यधिक भएका कारण यो महंगो मूल्यमा बिक्री भएको हो । जापानमा यो सजिलै प्राप्त गर्न सकिँदैन त्यसकारण पनि यो महंगो दरमा बिकेको हो । रूबी रोमन अंगुरको यो झुप्पा जापानको हयाकुराकुसो कम्पनीले खरीद गरेको  हो। 

लिलाम अधिकारी तकाशी होसोकावाका अनुसार,  यस किसिमको अंगुर विकास गरिएको १२ वर्ष पुरा भएकोमा हामी यसलाई एउटा अवसरको रुपमा मनाउन चाहन्थ्यौं त्यसकारण नै यसको लिलामी गरिएको हो । फार्मिंग एजेंसीले भनेको छ उसले रूबी रोमनको २६ हजार झुप्पालाई सेप्टेम्बरसम्म निर्यात गर्नेछ ।