गर्मीले पुरानो बसमा बनाइयो स्वीमिंग पुल

गर्मीले पुरानो बसमा बनाइयो स्वीमिंग पुल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७६

काठमाडौं, एजेन्सी ।  फ्रांसमा  बढेपछि नागरिकले गर्मीबाट राहत पाउन भन्नका लागि बेथ्यून शहरमा रहेका पुरानो बसमा स्वीमिंग पुल बनाएर विभिन्न ठाउँमा राखिएको छ ।

स्थानीय मीडियाका अनुसार यस वर्ष फ्रांसमा अत्यधिक गर्मी बढेको छ । गर्मीका धेरै रेकर्ड टुटेका छन् यो वर्ष  फ्रांसमा । गर्मीबाट राहत दिलाउनका लागि प्रशासनले यस्तो कदम उठाएको हो । 

पुरानो सामानको पुनः प्रयोग तथा नागरिकलाई गर्मीबाट राहत पनि होस भन्नका लागि प्रशासनले यस्तो कार्य गरेको बताएको छ ।

जहाँ स्वीमिंग पुल छैनन् त्यस्ता ठाउँमा यस्तो  स्वीमिंग पुल वाला बस राखिएको छ ।

पछिल्लो  दिनमा युरोपमा गर्मी एकदमै बढेको छ । जुनको अन्तिम हप्ता तापक्रम ४५ डिग्री सेल्सियस भन्दा माथि पुगेको थियो । 

फ्रांसको कारपेन्ट्रासमा तापक्रम ४५.१ डिग्री सेल्सियस पुगेको थियो । जो फ्रांसकाे  इतिहासमा रेकर्ड गरिएको अहिलेसम्मको सबैभन्दा धेरै तापक्रम हो ।