नोटको वर्षा भएपछि

नोटको वर्षा भएपछि

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २७, २०७६

काठमाडौं, एजेन्सी । संसारमा कतै अतिवृष्टि हुन्छ भने कतै अनावृष्टि । कतै पानी धेरै छ त कोही वर्षातका लागि तड्पिन्छन । तर, अमेरिकाको एटलान्टामा भने यसपटक भिन्न किसिमको वर्षात भएको छ अर्थात नोटको वर्षा । 

नोटले भरिएको एक ट्रक एटलान्टाको हाइवेमा गुडिरहेको बेला अचानक ट्रकको ढोका खुल्यो र सडकमा नोटको वर्षा हुन थाल्यो । करीब १ लाख ७५ हजार डलर अर्थात १.१९ करोड भारतीय रुपैयाँ बराबरको नोट उडेर सडकमा  छरिन थाल्यो । 

नोट उडेर सडकमा छरिएपछि अन्य चालकहरु पनि आफ्नो गाडी रोकेर नोट टिप्न थाले । अहिले पुलिसले उक्त नगद फिर्ता गर्नका लागि अनुरोध गरेको छ । अहिलेसम्म एकजनाले १.४३ लाख र अर्कोले ३४,१९६ रुपैयाँ फिर्ता गरेका छन् । 

यो विषयलाई लिएर मानिसहरुले ट्विटरमा अनेक प्रकारका  प्रतिक्रिया व्यक्त गरेका छन् । कसैले यसलाई मजाक बनाएका छन् भने कसैले उक्त समयमा आफू घटनास्थलमा नभएकोमा दुःख व्यक्त गरेका छन् ।