अजय देवगनकी छोरी न्यासाको बलिउडमा डेब्यु गर्ने संकेत

अजय देवगनकी छोरी न्यासाको बलिउडमा डेब्यु गर्ने संकेत

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  माघ ९, २०७५

बलिउड अभिनेता अजय देवगन र अभिनेत्री काजोलकी छोरी न्यासा बलिउडमा डेब्यु गर्ने संकेत मिलेको छ । तर, अजय देवगनले तत्काल छोरीले तत्काल बलिउड डेब्यु नगर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘अहिले न्यासा पढाइ गरिरहेकी छ । त्यसकारण अहिलेसम्म उसको बलिउडमा डेब्यु गर्ने प्लान छैन । तर, ऊ आफ्नो मन बदल्न पनि सक्छ ।’ १६ वर्षीय न्यासा अहिले सिंगापुरमा पढिरहनुभएको छ । 

यस्तै, बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना पनि बलिउडमा डेब्यु गर्न सक्ने संकेत मिलेको छ । पछिल्लो समय सुहाना साहरुख खानसँगै फिल्म सेटमा बस्ने गर्नुभएको छ ।  यसबारे साहरुख खानले भने बलिउड आउनुअघि छोरीले पढाइ पूरा गर्ने बताउनुभएको छ ।
बलिउडका कलाकारले आफ्ना छोराछोरीलाई फिल्ममा डेब्यु गराइरहनुभएको छ । 
गत वर्ष चंखी पान्डेकी छोरी अनन्याले फिल्म उद्योमा पाइला टेक्नुभएको थियो । 

एजेन्सी