काठमाडौँ जिल्लाका सामुदायिक विद्यालयका ‘जिपिए ४’ ल्याउने  दुई जना सम्मानित

काठमाडौँ जिल्लाका सामुदायिक विद्यालयका ‘जिपिए ४’ ल्याउने  दुई जना सम्मानित

लोकसंवाद संवाददाता  |  शिक्षा  |  असार २७, २०७६

काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काठमाडौँ जिल्लाको १६औं जिल्ला परिषद्को अब्सर पारेर २ विद्यार्थी सहित ५ जना प्रधानाध्यापकलाई सम्मान गरिएको छ । 

२०७६असार २७ गते शुक्रवारका दिन नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माको आतिथ्यमा सम्पन्न परिषद्मा काठमाडौँ जिल्ला भारीका सामुदायिक विद्यालय मध्येबाट यसपटकको एसइइमा ‘जिपिए ४’ ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनुहुने विद्यार्थीद्वयमा भेषराज उपाध्याय (विश्व निकेतन मावि त्रिपुरेश्वर) र धिरेन्द्र भट्ट (ज्ञानोदय मावि वाफल) रहनुभएको थियो । यसपटकको काठमाडौँ जिल्ला भरिबाट ५० जनाले ‘जिपिए ४’ ल्याएकोमा सामुदायिक विद्यालय तर्फका दुई जनाले ल्याउनु भएको थियो ।  

उक्त अवसरमा सङ्गठनमा विशेष योगदान गर्नुहुने प्रधानाध्यापकहरू पुष्पराज कुँवर (कोटेश्वर सरस्वती मावि), रविन तामाङ (विद्योदय आधारभूत विद्यालय वसन्तपुर), हेरम्बराज कँडेल (विश्व निकेतन मावि त्रिपुरेश्वर), नातिकाजी महर्जन (ज्ञानोदय मावि वाफल) र प्रमीला शर्मा काफ्ले (तरुण मावि बालाजु)लाई सम्मान गरिएको थियो ।