पत्रकारिता दीर्घ सेवा पुरस्कारबाट नकुल काजी पुरस्कृत

पत्रकारिता दीर्घ सेवा पुरस्कारबाट नकुल काजी  पुरस्कृत

लोकसंवाद संवाददाता  |  समाज  |  असार २८, २०७६

झापा ।  झापाका अग्रज पत्रकार नकुल काजी ‘पत्रकारिता दीर्घ सेवा पुरस्कार’बाट आज पुरस्कृत हुनुभएको छ ।

नकुल काजीलाई भद्रपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को बजेट तथा नीति कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा नगद रु १५ हजारसहित दोसलाले सांसद सुरेन्द्र (राम) कार्कीले सम्मान गर्नुभएको थियो ।

काजीलाई नगरपालिकाले नेपाली पत्रकारिता र साहित्यको विकास, सम्वर्दधन तथा उन्नयनमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको नगरप्रमुख जीवन श्रेष्ठले बताउनुभयो ।

सोही अवसरमा नगरले प्रोत्साहन पत्रकारिता पुरस्कारबाट धर्मराजलाई रु १० हजारसहित पुरस्कृत गरेको छ । कार्यक्रममा नगरका वडा कार्यालय तथा स्वस्थ स्वास्थ्य बनाउन सहयोग गर्नुहुने दर्जन बढीलाई सम्मान गरिएको थियो ।