नवजोत सिंह सिद्धूले मन्त्री पदबाट दिए राजीनामा

नवजोत सिंह सिद्धूले मन्त्री पदबाट दिए राजीनामा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७६

काठमाडौं, एजेन्सी । पंजाबका कैबिनेट मंत्री नवजोत सिंहले पदबाट राजीनामा दिएका छन् ।  पंजाबका मुख्यमंत्री कैप्टन अमरिंदर सिंह तथा और कैबिनेट मंत्री नवजोत सिंह सिद्धूका बीच  चलि रहेको  विवादका बीच सिद्धूले राजीनामा दिएका ह्न् । 

उनले जुन १० मा आफूले लेखेको पत्र ट्विटरमा शेयर गरेका थिए ।  सिद्धूले ९ जुनमा पूर्व कांग्रेस अध्यक्ष राहुल गांधीलाई दिल्लीमा भेटेका थिए । त्यसको अघिल्लो दिन अर्थात ८ जुनमा उनले  राहुल गांधीलाई राजीनामा दिएका थिए । उनले राजीनामाको प्रतिपत्र मुख्यमंत्री क्याप्टेन अमरिंदर सिंहलाई पठाउने बताएका थिए । 

राजीनामासँगै सिद्धूले आफ्नो  ट्विटर हैंडलमा राहुल गांधी, प्रियंका गांधी तथा अहमद पटेल समेत भएको आफ्नो एउटा फोटो पनि गरेका छन् । 

सिद्धू एउटा  क्याबिनेट मीटिंगमा नगएपछि ६ जुनमा मुख्यमंत्री अमरिंदर सिंहले उनको विभाग फेरबदल गरेका थिए । तर, सिद्धूले नयाँ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिएनन् । लोकसभा चुनावको समयमा  अमरिंदर सिंह तथा सिद्धूका बीच विवाद भएको थियो । दुबैले एक अर्काका खिलाफ बयानबाजी गरेका थिए ।