अब आवाजबाटै पत्ता लाग्नेछ डिप्रेसन

अब आवाजबाटै पत्ता लाग्नेछ डिप्रेसन

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  असार २९, २०७६

काठमाडौं । अवसाद (डिप्रेसन) विश्वको मुख्य स्वास्थ्य–समस्या बनेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका झण्डै ३० करोड मानिस अवसादपीडित छन् । 
नेपालमा पनि यो समस्या दिनानुदिन बढिरहेको छ ।

प्रा. डा. सुदर्शन नरसिंह प्रधानका अनुसार नेपालमा करिब २० प्रतिशत मनोरोगी छन् । त्यसकारण यो रोग स्वास्थ्य क्षेत्रका लागि चुनौती बनिरहेको छ । तर, हालै वैज्ञानिकले आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) को सहायताले अवसाद जाँच्ने तरिका पत्ता लगाएका छन् । यसका आधारमा व्यक्तिको आवाज सुनेर अवसाद भए÷नभएको पत्ता लगाउन सकिन्छ । क्यानडाको युनिभर्सिटी अफ एल्बर्टाको शोधकर्ताले यो उपाय विकसित गरेका हुन् । 

यस प्रक्रियामा एपले प्रयोगकर्ताको दिनभरी कुराकानीको तथ्यांक जुटाउनेछ र त्यसको अध्ययनका आधारमा प्रयोगकर्ता कहिले कुन मनोदशामा रहेको बताउनेछ । 

वैज्ञानिकले भनेका छन्- जब व्यक्ति अवसादबाट पीडित हुन्छ तब उसले अचम्मको व्यवहार देखाउन थाल्छ । जो मानिस अवसाद पीडितसँग कुराकानी गर्छ, त्यो मानिसले आवाज सुनेर नै उसको परेशानीको कारण पत्ता लगाउन सक्छ । खासगरी यस्तो बेला अवसादपीडित मानिसको आवाज धेरै बदलिएको हुन्छ । त्यसले कुनै कुराको पनि सही तरिकाले जवाफ दिन सक्दैन अथवा बांगोटिंगो जवाफ दिन्छ । जसका कारण अवसाद भएको पत्ता लगाउन मुस्किल हुँदैन ।

यो खबर समाचार एजेन्सी जेएनएनको सहयोगमा तयार पारिएको हो ।