चिनियाँ कारोवारीविरुद्ध हङकङमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

चिनियाँ कारोवारीविरुद्ध हङकङमा प्रदर्शन, प्रहरी र प्रदर्शनकारीबीच झडप

लोकसंवाद संवाददाता  |  विदेश  |  असार २९, २०७६

हङकङ । चिनियाँ कारोवारीविरुद्ध यहाँका मानिसले प्रदर्शन गरेका छन् । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । 

प्रदर्शनकारीले चिनियाँ पर्यटक तथा कारोवारी बढी आउने पसलसामु ¥याली निकालेका थिए । र्यालीका क्रममा प्रदर्शनकारीले ‘सीमापारिका कारोवारीलाई रोक्नुपर्ने’ नारा लेखेका ब्यानर बोकेका थिए । 

र्यालीका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गरेको थियो । प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्जसँगै कालो मरिचको पानी छर्किएपछि उनीहरू भागेका थिए । 

यसअघि पनि हङकङमा चीनको प्रत्यर्पणको अनुमति दिने कानुनविरुद्ध प्रदर्शन भएको थियो । प्रदर्शनपछि सरकारले प्रत्यर्पण कानुनसँग सम्बन्धित बिल खारेज गर्नुपरेको थियो । 

यो खबर समाचार संस्था एपीबाट साभार गरिएको हो ।