विंबलडनको फाइनलमा फेडरर र जोकोभिच बीच आज भिडन्त

विंबलडनको फाइनलमा फेडरर र जोकोभिच बीच आज भिडन्त

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २९, २०७६

काठमाडौं, एजेन्सी । स्विट्जरल्याण्डका रोजर फेडरर विंबलडनको फाइनलमा प्रवेश गरेका छन् । उनले सेमीफाइनलमा स्पेनका राफेल नाडाललाई हराएर फाइनल पुगेका हुन् । 

फेडररले पहिलो पटक कुनै ग्रैंड स्लैमको सेमीफाइनलमा नाडाललाई हराएका हुन् । यो जीतका साथ फेडरर १२ औं पटक विंबलडनको फाइनलमा पुगेका हुन् ।

उनले सेमीफाइनलमा नाडाललाई ७–६ (७/३), १–६, ६–३, ६–४  ले पराजित गरेका थिए ।

फेडररको यो ३१ औं ग्रैंड स्लैम फाइनल हो ।

आइतवार हुने फाइनलमा उनले विश्व नंबर –१ सर्बियाका नोभाक जोकोभिचसँग प्रतिस्पर्द्धा गर्नेछन् ।  

फेडररको यो समेत गरेर ३१ औं  ग्रैंड स्लैम फाइनल हो भने उनका प्रतिस्पर्द्धी जोकोभिचको भने २५ औं ग्रैंड स्लैम फाइनल हो । 

यो विंबलडनमा फेडरर ग्रैंड स्लैमको फाइनल खेल्ने सबैभन्दा धेरै उमेरका तेस्रो खेलाडी हुनेछन् । हाल ३७ वर्षका फेडरर भन्दा पहिले १९७४ मा केन रोसवालले  ३९ वर्षको उमेरमा विंबलडन तथा  युएस ओपनको फाइनल खेलेका थिए । 

 

अहिलेसम्म सबैभन्दा धेरै पटक फाइनल खेल्ने खेलाडीकाे सूची 

  • खेलाड़ी
  • फाइनल
  • रोजर फेडरर
  • 31
  • राफेल नडाल
  • 26
  • नोवाक जोकोभिच
  • 25
  • इवान लेंडल
  • 19
  • पीट सैम्प्रास
  • 18

फेडरर तथा नाडाल

फेडररले ११ वर्ष पछि विंबलडनमा नाडाललाई हराएका हुन् । दुबै खेलाड़ी विंबलडनमा ११ वर्ष पछि आमने–सामने भएका थिए ।

यस भन्दा पहिले २००८ को फाइनलमा नाडालले फेडररलाई ६–४, ६–४, ७–६, ७–६, ९–७ हराएर उपाधि जीतेका थिए । दुबै बीच यो खेल ४ घंटा ४८ मिनेट चलेको थियो । 

विंबलडनमा फेडरर तथा नाडालकाबीच यो ५ औं म्याच थियो । यसभन्दा पहिले यी दुबैका बीच २००६, २००७ तथा तथा २००८ मा भिडन्त भएको थियो ।

२००६ र २००७ मा फेडररले नाडाललाई हराएका थिए भने २००८ मा भने नाडालले फेडररलाई हराएर उपाधि जितेका थिए । 

अहिलेसम्म यी दुईबीच भएको  ४० म्याचमा नाडालले २४ तथा फेडररले १६ म्याच जीतेका छन् । 

ग्रैंड स्लैम उपाधिको मामिलामा भने विश्वमा अहिलेसम्म सबैभन्दा धेरै २० टाइटलका साथ फेडरर सबैभन्दा अगाडि छन् । नाडालले अहिलेसम्म १८ ग्रैंड स्लैम जीतेका छन् । 

फेडररले ८ विंबलडन, ६ अस्ट्रेलियन ओपन, ५ युएस ओपन तथा एक फ्रेंच ओपन जीतेका छन् । । नाडालले भने सबैभन्दा धेरै १२ फ्रेंच ओपन, ३ यूएस ओपन, २ विंबलडन तथा  एक अस्ट्रेलियन ओपन जीतेका छन् ।