सुपर ३० को पहिलो दिनको कमाइ ११ करोड

सुपर ३० को पहिलो दिनको कमाइ ११ करोड

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  असार २९, २०७६

काठमाडौ‌, एजेन्सी । शुक्रवार को रिलीज भएको ऋतिक रोशन अभिनित फिल्म सुपर ३० ले पहिलो दिन ११.८३ करोड कमाई गरेको छ ।

पहिलो दिनको तुलनामा दोस्रो दिन फिल्मले झण्डै ७ करोड धेरै अर्थात १८ करोड़ कमाई गरेको छ । दुबै दिनको कमाई हेर्दा करीब २९ करोड कमाई गरेर फिल्मले राम्रो शुरुवात गरेको छ । 

बक्स अफिस विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अमेरिकामा ६.१८ करोड़, सउदी अरब तथा इंग्लैंड लगायत अन्य देशमा गरेर ३५ करोड़ भन्दा धेरै कमाई गरेको छ ।

आइतवार फिल्मले बम्पर कमाई गर्ने अनुमान गरिएको छ । 

फिल्म  बिहारको म्याथम्याटिशियन आनंद कुमारको जीवनीमा आधारित छ । आनंद बिहारकम गरीब बच्चाका लागि निशुल्क कोचिंग क्लास संचालन गर्थे । 

फिल्ममा  ऋतिकका अलावा मृणाल ठाकुर, पंकज त्रिपाठी, वीरेंद्र सक्सेना, नंदीश संधू, जोनी लीवर तथा अमित साध महत्वपूर्ण भूमिकामा रहेका छन् ।