क्रिकेटको विश्वविजेताले कति पाउँछ पुरस्कार ?

क्रिकेटको विश्वविजेताले कति पाउँछ पुरस्कार ?

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार २९, २०७६

काठमाडौं । झण्डै डेढ महिनादेखि चलिरहेको एकदिवसीय विश्वकप क्रिकेटको कुम्भमेला आज (आइतबार) सकिँदैछ । यस्तोमा आज क्रिकेटको विश्वविजेताको पनि टुंगो लाग्नेछ । 

विश्वकपको उपाधिका लागि आयोजक इग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिष्पर्धा गरिरहेका छन् । इग्ल्याण्डले टस जितेर ब्याटिङ गरिरहेको छ । १५ ओभरको खेल सकिँदा न्युजिल्याण्डले १ विकेट गुमाएर ६३ रन बनाएको छ । हेनरी निकोलस २७ र केन विलियम्सन ९ रनमा खेलिरहेका छन् । मार्टिन गुप्टिल भने १९ रन बनाएर आउट भएका छन् । उनलाई क्रिस वोक्सले आउट गरेका हुन् । 

आजको खेल जित्ने टिम नयाँ विश्वविजेता बन्नेछ । उसले सुन र चाँदीको ट्रफीसँगै ४० लाख डलर (आजको विनिमय दरका हिसाबमा ४३ करोड ८१ लाख २० हजार रूपैयाँ) पाउनेछ । यस्तै, उपविजेताले २० लाख डलर (२१ करोड ९० लाख ६० हजार रूपैयाँ) पाउनेछ ।