खुशी रहने ९ सूत्र

खुशी रहने ९ सूत्र

लोकसंवाद संवाददाता  |  जीवनदर्शन  |  असार २९, २०७६

काठमाडाै‌, एजेन्सी । खुशी तथा दीर्घायु जीवन मानवको चाहना हो । तर, खुशी रहनेहरुको जीवन दीर्घ देखिंदैन भने दीर्घजिीवि खुशी रहेको पाइँदैन् । यी दुबै चिज कम मानिसहरुले मात्र प्राप्त गर्ने गर्छन् । यी दुबै अवस्थामा मानविय चाहना अपुरो रहेको देखिन्छ । खुशी, सुखी तथा दीर्घजिीवि रहने ९ सुत्र 

पहिलो सूत्र

सबभन्दा पहिलो सूत्र हो  चिंता रहित जीवन । यसका लागि जीवनमा आइपर्ने समस्याहरु यस्तै हुन आइरहन्छन बरु आफूले गर्न सक्ने यसको समाधानको सबैभन्दा उत्तम उपाय अपनाउने र समाधान नभएका खण्डमा मैले सक्ने गरें बाँकी इश्वरले गर्छन भनेर आफू चिंता बाट टाढा रहने । 

दोस्रो सूत्र
आफ्नो हरेक किसिमको भोकलाई नियन्त्रण गर्ने । यसले मन, मस्तिष्क तथा चेतना अभिवृद्धि गर्ने काममा अवरोध पुर्याउँछ । 

तेस्रो सूत्र
आफूले आफ्नो क्षमता तथा कमजोरी पत्ता लगाई आफ्नो सीमा आफैं निर्धारण गर्ने । प्रतिस्पद्र्धामा जाने बित्तिकै त्यसले तनाव बढाउने काम गर्छ । आफूले निर्धारण गरेको सीमालाई स्वीकार गरेका खण्डमा स्वतः खुशी मिल्छ । 

चौंथौ सूत्र
आफू भित्र रहेको क्रोध, ईर्ष्या तथा द्वेषको भावनालाई समाप्त गर्ने कोशिश गर्ने अन्यथा यसले स्वयंको व्यक्तित्व निर्माणका लागि घातक हुनजान्छ । 

पांचौं सूत्र
आजको समयमा कसैलाई विश्वास गर्न पनि सकिंदैन भने नगरी पनि काम चल्दैन् । त्यसकारण आफूले आफ्नो ठानेकालाई विश्वास गरौं जसले जीवनभर या त साथ दिन्छ होइन भने पनि जीवनमा राम्रो पाठ सिकिन्छ । 

छैठौं सूत्र
आफ्नो दिनको श्रुवात ईश्वरको प्रार्थना गरेर गर्ने गर्दा यसले खुशी प्रदान गर्नुका साथै दिनभरि आउने समस्यासँग जुझ्न मद्दत गर्छ । 

सातौं सूत्र
आफ्नो लागि यस्तो एउटा शौखको विषय खोजौं जसले मनलाई आनन्द देओस । 

आठौं सूत्र
पढ़ने बानीके विकास गरौं जसले आनन्द दिनुका साथै व्यत्तित्व विकासमा पनि मद्दत गरोस । 

नवौं सूत्र
दुनियाँको भीड़भाड़ भन्दा पर आफैंसँग समय बिताउने कोशिश गर्नुपर्छ जसले खुशी रहन र दुखको समयमा धैर्य रहन मद्दत गर्छ ।