पानीमा तैरिने तथा हिउँमा जम्ने होटल

पानीमा तैरिने तथा हिउँमा जम्ने होटल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार २९, २०७६

काठमाडौं, एजेन्सी । स्वीडनको लैपलैंड क्षेत्रकाे ल्यूल नदीमा एउटा तैरिने होटल तथा स्पा ‘द आर्कटिक बाथ’ निर्माण भैरहेको छ । 

होटलका बारेमा मानिसमा यति धेरै लगाव छ कि २०२० तथा २०२१ का लागि अहिले देखि बुकिंग शुरू भइसकेको छ ।

यो होटलमा बस्नका लागि एक दिनको ८१५ पाउंड तिर्नुपर्नेछ ।  

यो होटलको विशेषता यस्तो छ कि गर्मीमा होटल  नदीमा तैरन्छ भने जब जाडोमा नदी जम्छ तब होटल पनि पानीसँगै जम्न पुग्छ । 

यहाँको स्पा ‘द आर्कटिक बाथ’को सिद्धान्त शारीरिक मानसिक खुशी रहेको छ । यहां ग्राहकको न्यूट्रिशन, कसरत तथा मनको शांतिको लागि  विशेष थैरेपी पनि गरिने बताइएको छ ।