कुवेतमा तीन नेपालीको मृत्यु

कुवेतमा तीन नेपालीको मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७६

काठमाडौं । खाडी मुलुक कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा तीन जना नेपालीको मृत्यु भएको छ ।

सो घटनामा सर्लाहीका विजय बैठासहित अन्य दुई नेपाली महिलाको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । शनिबार राती भएको आगलागीमा अप्सरा कामी र गौरी दर्जी नामका दुई महिलाको मृत्यु भए पनि उनीहरुको नेपाल ठेगाना खुल्न नसकेको बताइएको छ ।

आगलागीबारे खवर प्राप्त भएपनि घटनाका पीडित नेपालीबारे विस्तृत विवरण प्राप्त नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए । ‘घटनामा एक पुरुष र दुई नेपाली महिलाको निधन भएको कुरा आएको छ, उनको विस्तृत घर ठेगाना खुल्न बाँकी छ, दूतावास मार्फत अन्य हताहातीबारे बुझ्ने काम भइरहेको छ,’ उनले भने ।

आगलागीमा परी अन्य नागरिकको पनि ज्यान गएको बताइए पनि अन्य नेपाली हुन्÷होइनन् भनेर प्रष्ट हुन बाँकी रहेको पौडेलले बताए ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।