इग्ल्याण्डलाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि

इग्ल्याण्डलाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ३०, २०७६

काठमाडौं । इग्ल्याण्डले एकदिवसीय विश्वकप क्रिकेट २०१९ को उपाधि जितेको छ । 

आइतबार राति सम्पन्न फाइनलमा इग्ल्याण्ड रोमाञ्चक जित हासिल गर्यो । निर्धारित ओभरको खेल बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको थियो । तर, सुपर ओभर पनि बराबरी भएपछि बढी बाउन्ड्रीका आधारमा इग्ल्याण्ड विजयी भयो ।

दुवै टिमले निर्धारित ओभरमा २४१ रन र सुपर ओभरमा १५ रन बनाएका थिए । 

खेलको प्लेअर अफ दि म्याच इग्ल्याण्डका बेन स्ट्रोक भए भने प्लेअर अफ द टुर्नामेन्ट न्युजिल्याण्डका कप्तान केन विलियम्सन घोषित भए ।  

उपाधिसँग इग्ल्याण्डले ४० लाख डलर पुरस्कार र ट्रफी हात पार्यो । उपबिजेता न्युजिल्याण्डले भने २० लाख डलर पुरस्कार पायो ।