सर्वोच्चको आदेश अटेर गर्दा उपत्यकामा डुबान

सर्वोच्चको आदेश अटेर गर्दा उपत्यकामा डुबान

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७६

काठमाडौं । भूमाफियाले हडपेको जग्गा फिर्ता सम्बन्धि सर्वोच्च अदालतको आदेश र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन नहुँदा राजधानीका नदी आसपास बर्सेनि बाढी र डुबानको सास्ती व्यहोर्नु परेको छ । 

उपत्यकास्थित बागमती, विष्णुमती, इच्छुमती (टुकुचा), धोवीखोला, मनोहरा, गोदावरीलगायत नदी तथा खोलाको प्राकृतिक बहाव नै छेकेर भूमाफियाले जमिन अतिक्रमण गर्दा वर्षायाममा नदी तथा खोला मानव बस्ती पसेर जनधनको क्षति हुने गरेको छ । 

उपत्यकाका अधिकांश नदी तथा खोला अतिक्रमणकै योजनाअनुसार करिडोरमा बाटो बनाएर नदीलाई सीमित दायरामा कैद गरिएको छ । खोलाको प्राकृतिक बहाव छेकेर भूमाफियाको सेटिङमा नदीको धार साँघुरो बनाइएको छ । 

यो समाचार आजको नागरिक दैनिकमा मातृका दाहालले लेखेका छन् ।