साउनदेखि महँगिँदै इन्टरनेट

साउनदेखि महँगिँदै इन्टरनेट

लोकसंवाद संवाददाता  |  कारोबार  |  असार ३०, २०७६

काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुवातसँगै इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टिएससी) लाग्ने भएको छ ।

संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै साउन १ गतेदेखि इन्टरनेट सेवा महँगिने भएको हो । 

यसअघि इन्टरनेट टिएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ । 

चालू वर्षको आर्थिक विधेयकमै टिएससीको व्यवस्था गरिएको थियो । तर, चौतर्फी विरोध भएपछि सरकार र इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी)बीच सहमति भएपछि सेवाप्रदायक कम्पनीले उपभोक्ताबाट यो रकम लिएका थिएनन् । 

तर, सरकारले सहमति पालना नगरेर जेठ १५ को बजेटमा पनि यसलाई निरन्तरता दिएपछि आगामी आर्थिक वर्षको सुरुबाटै अतिरिक्त शुल्क लिने भन्दै कम्पनीहरूले सेवाग्राहीलाई जानकारीसमेत गराइसकेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा सरस्वती ढकालले लेखेकी छन् ।