रोकियो ‘चन्द्रयान-२’ को ‘लन्चिङ’

रोकियो ‘चन्द्रयान-२’ को ‘लन्चिङ’

लोकसंवाद संवाददाता  |  ज्ञानविज्ञान  |  असार ३०, २०७६

नयाँ दिल्ली । भारतको बहुप्रतिक्षित मिसन ‘चन्द्रयान-२’ ‘लन्चिङ’ रोकिएको छ । 

भारतीय समय अनुसार सोमबार (आज) बिहान २ः५१ मा यसले उडान भर्ने कार्यक्रम थियो । तर, उडानभन्दा ५६ मिनेट २४ सेकेन्डअघि (सोमबार बिहान १ः५४ः३६ मा ) प्राविधिक खराबी देखियो, जसका कारण लन्चिङ रोकियो । 

वैज्ञानिकले प्राविधिक कारणले ‘चन्द्रयान–२’ को लन्चिङ रोकेको बताएका छन् । इसरोका पब्लिक रिलेसन अफिसर (पिआरओ) गुरुप्रसादले भने, ‘लान्चिङ हुनुभन्दा करिब एक घन्टाअघि लन्च व्हिकल सिस्टममा प्राविधिक खराबी उत्पन्न भयो । यही कारण ‘चन्द्रयान–२’ को लन्च रोकियो । लान्चिङको नयाँ मिति पछि घोषणा गरिनेछ ।’ 

यो खबर जागरण डट कमबाट साभार गरिएको हो ।