इंटरनेटको लत छुटाउन क्याम्पमा

इंटरनेटको लत छुटाउन क्याम्पमा

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७६

काठमाडौं, एजेन्सी । एक रिपोर्टका अनुसार संसारमा सबैभन्दा बढी इंटरनेटको स्पीड हुने देशमा दक्षिण कोरिया पर्छ । यहां हरेक व्यक्तिसँग स्मार्टफोन छ र ऊ चौबीसै घण्टा इंटरनेटसँग जोडिएको हुन्छ । जसका कारण यहाँका युवा मानसिक तथा शारीरिक रूपमा पनि बिरामी हुने गरेका छन् । यही इंटरनेटको लत छुटाउनका लागि देशभरी यस्ता केंद्रहरु खोलिएका छन् जहाँ युवाहरुलाई इंटरनेटको लत छुटाउन मद्दत गर्न सकियोस । कैयौं स्कूलमा यसका लागि विशेष कार्यक्रम पनि शुरु गरिएको छ । 

पछिल्लो वर्षको आधिकारिक तथ्यांकका अनुसार १ लाख ४० युवा इंटरनेटको कुलतमा परेका छन् । केही रिर्पोटलाई मान्ने हो भने यो संख्या अझै बढ्न सक्ने छ । नेशनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार, कुनै पनि कुराको लत लाग्नु भनेको जब कुनै व्यक्तिको त्यस आदतमाथि नियन्त्रण रहँदैन् । 

सामान्यतया  इंटरनेटको  लतले युवाहरु मानसिक तथा  शारीरिक रूपमा बिरामी हुन थाल्छन भने उनीहरु रिसाउने तथा उनीहरुको व्यवहारमा पनि परिवर्तन आउन थाल्छ । यसले गर्दा उनीहरु सुत्ने तथा खाना खाने जस्तो महत्वपूर्ण काम पनि नगर्ने हुन्छन् । दक्षिण कोरियामा अहिले धेरै युवाहरु इंटरनेटको लत छुटाउन यस्ता केन्द्मा जान थालेका छन् । 

यस्ता केन्द्रमा युवाहरुलाई कसरी इंटरनेट तथा अनलाइनबाट टाढा बस्ने भन्ने तरिका सिकाउने गरिन्छ । इंटरनेटको लत छुटाउन आएका एक युवा हावेका अनुसार २०१४ देखि आहिलेसम्म १२०० युवा केन्द्रमा आएका छन् । यहाँको नियम एकदमै कडा छ । यहाँ फोनको साथै अन्य कुनै पनि इलेक्ट्रोनिक सामान ल्याउने अनुमति छैन् । 

क्याम्पका म्यानेजर योंग–चुल शीमका अनुसार यहाँका युवालाई अन्य गतिविधि गर्न लगाइन्छ । काउन्सिलिंगका साथै उनीहरुलाई सामाजिक संजाल तथा इन्टरनेटको अन्य विकल्प पनि प्रदान गरिनेछ । साथै उनीहरुको हौसला बढाउने अन्य क्रियाकलाप पनि गराइनेछ ।