फेडररलाई हराउँदै जोकोभिचले जिते उपाधि

अहिलेसम्मकै सबैभन्दा लामो  विम्वलडन फाइनल

फेडररलाई हराउँदै जोकोभिचले जिते उपाधि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  असार ३०, २०७६

काठमाडौं, एजेन्सी । पाँच सेटसम्म चलेको २०१९ काे  विम्वलडन पुरुष सिंगल्सको फाइनलमा सर्बियाका नोवाक जोकोभिचले रोजर फेडररलाई हराएका छन् । ४ घण्टा ५७ मिनेट सम्म चलेको फाइनलमा पाँचौ सेट नै करीब २ घंटा चलेको थियो ।

जोकोभिचले पहिलो तथा तेस्राे  क्रमशः सेट ७–६, ७–६ ले जीते भने दोस्रो तथा चौंथो सेट  फेडररले ६–१,  ६–४  ले जीते ।  त्यसपछि पाँचौ तथा अन्तिम सेट टाइब्रेकरमा पुग्यो । अन्तिम सेटमा भने फेडरर अभागी ठहरिए जसमा उनी जोकोभिजको हातबाट १३–१२ (७–६) ले पराजीत भए । 

यो जोकोभिचको पाँचौं विम्वलडन उपाधी हो । यो जीतका साथ उनले स्वीडेनको ब्योर्न बर्गको विम्वलडन उपाधीसँग बराबरी गरेका छन् । जोकोभिच डिफेन्डिङ च्याम्पियन पनि हुन् । 

विम्वलडनमा जोकोभिच तथा फेडररका बीच अहिलेसम्म पाँचपटक भिडन्त भएको छ । जसमा जोकोभिचले ४ पटक फेडररलाई हराएका छन् भने एक पटक मात्रै फेडररले जोकोभिचलाई । 

जोकोभिचले २०१४ तथा २०१५ मा विम्वलडनको फाइनलमा फेडररलाई हराएर उपाधी जीतेका थिए । यो तेस्रो पटक हो उनले फाइनलमा फेडररलाई हराएको । २०१२ मा भने विम्वलडनको सेमीफाइनलमा भने फेडररले जोकोभिचलाई हराएका थिए । 

१६ पटकको ग्रैंड स्लैम भेटमा १० पटक जोकोभिचले तथा ६ पटक फेडररले बाजी मारेका छन् । 

जोकोभिचको यो १६ औं  ग्रैंड स्लैम उपाधी हो । सबैभन्दा धेरै ग्रैंड स्लैम जीत्ने मामिलामा भने २० उपाधीका साथ फेडरर अग्र स्थानमा छन् ।  फेडररले  ८ विंबलडन, ६ अस्ट्रेलियन ओपन, ५ युएस ओपन तथा एक फ्रेंच ओपन जीतेका छन् । 

जोकोभिचले भने सबैभन्दा धेरै ७ अस्ट्रेलियन ओपन, ४ विम्वलडन, ३ युएस ओपन तथा एक फ्रेंच ओपन जीतेका छन् ।