अब भिखारी पनि डिजिटल

अब भिखारी पनि डिजिटल

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७६

काठमाडौं, एजेन्सी । आधुनिक प्रविधिको विकाससँगै अब चीनमा भिखारी पनि  डिजिटल बनेका छन् । उनीहरुले भीख माग्नका लागि क्यूआर कोड तथा ई–वालेटको प्रयोग गर्ने गरेका छन् । उनीहरुको हप्ताको कमाइ ७२ हजार रुपैयाँ हुने गरेको छ । 

यहाँका भिखारीलाई  ई–वालेट कंपनीले क्यूआर कोड उपलब्ध गराउने गरेका छन् । क्यूआर कोड स्क्यान गर्ने बित्तिकै भीख दिने मान्छेको डाटा कम्पनीमा स्वतः पुग्छ । यो डाटा बेचेर कम्पनीले राम्रो आम्दानी गर्ने गरेका छन् । 

 डिजिटल पेमेन्टका लागि चीनमा अलीबाबाको अली पे तथा वी चैटको ई–वालेट कंपनी रहेका छन् । चीनको पर्यटन स्थल तथा  सब–वे स्टेशन वरपर यस्ता भिखारी देखिन्छन् जो सँग माग्नका लागि डिजिटल पेमेंट वा क्युआर कोड सिस्टम हुने गर्छ । 

मानिसहरुले सजिलै भीख नदिने तथा चानचुन पैसा छैन भन्ने बहाना बनाउने गरेका कारण वास्तवमा चीनमा भिखारी डिजिटल हुनुपर्ने वाध्यता आइपरेको हो भने यसमा उनीहरुलाई ई–वालेट कंपनीले पनि सहयोग गरेका छन् । यदि साँच्चै कसैसँग चानचुन पैसा छैन भनेपनि उसले क्यूआर कोड स्क्यान गरेर भिखारीलाइ भिख  दिन सक्ने भयो । 

भिखारीहरु क्यूआरको प्रिंटआउट देखाएर मानिसहरुलाई अलीबाबा ग्रुपको अली पे वा टैन्सेंटको वी चैट वालेटका माध्यमबाट कोड स्कैन गरेर भिख दिन अनुरोध गर्छन् । 

स्थानीय च्यानलका अनुसार, यो व्यवस्थासँग अब बजार जोडिएको छ । बजारमा अनेक प्रकारका प्रायोजक आएका छन् जसले यदि भिखारीलाई कसैले केही नदिई केवल प्रायोजकको क्यूआर कोड स्कैन गरे भनेपनि भिखारीले केही न केही रकम प्राप्त गर्छन् । 

चीनमा भिखारलिाई आफ्नो खाता संचालन गर्नका लागि मोबाइल फोनको आवश्यक्ता पर्दैन् । क्यूआर कोडबाट प्राप्त रकम सीधै भिखारीको  डिजिटल वालेटमा जान्छ । यही क्यूआर शीटका माध्यमबाट उनीहरुले किराना पसल तथा अन्य स्टोरबाट सामान खरीद गर्न सक्नेछन् ।

यसको मुख्य विशेषता भनेको यसका लागि बैंक खाताको जरुरत पर्दैन् ।