अब तन्नामा पनि माइक्रोचिप

अब तन्नामा पनि माइक्रोचिप

लोकसंवाद संवाददाता  |  समाचार  |  असार ३०, २०७६

काठमाडौं, एजेन्सी । अब घर तथा होटलको तन्ना, रुमाल तथा सिरकको खोल कहिले धोइएको थियो भनेर सम्झेर बस्नु पर्ने छैन् । चीनको वुहान शहरमा अब कपड़ामा माइक्रोचिप लगाउने प्रविधिको विकास भएपछि यो चिन्ता दूर भएको हो ।

यो चिपले पछिल्लो पटक लुगाहरु कहिले धोएको थियो भन्ने पनि जानकारी दिन्छ । 

कपड़मा चिप लगाउने प्रविधि अहिले वुहानको होटल तथा  होस्टेलमा एकदमै लोकप्रिय भैरहेको छ । वुहानको कुंतेंग लन्ड्रीले चिप लगाउने सेवा शुरू गरेको हो । लन्ड्रीले शहरको धेरै होटल तथा  होस्टेलमा सेवा दिंदै आएको छ । 

चिप बनाउने कंपनीका अनुसार, ‘‘बेडशीट, टावल आदि लुगाको छेउमा रहेको चिपको क्यूआर कोडलाई मोबाइलले स्क्यान गर्नेछ । त्यसपछि चिपमा रहेका सबै जानकारी मोबाइलको स्क्रीनमा देखिनेछ ।

चिप केवल  वाटर प्रूफ मात्र नभएर अत्याधिक तापक्रममा समेत काम गर्न सक्नेछ । जति नै पटक धोए पनि यो चिप केही हुँदैन् ।