संगीत र विज्ञान

संगीत र विज्ञान

ज्ञानमित्र  |  लोकरञ्जन  |  माघ १४, २०७५

मौसम है आशिकाना 
ऐ दिल कहीं से उनको ऐसे में ढुंढ लाना 

आजको मौसम साँच्चै नै यस जाडोयामको उत्कर्ष बन्न पुग्यो । काठमाण्डौ उपत्यका वरिपरिका टाकुरा हिम आच्छादित बने । युवाहरुको घुँइचो ती स्थानमा लाग्नु स्वभाविक थियो । आफू परियो ‘हाफ सेन्चुरी’ पार गरेको न युवा न बुढो । दिनभरी सिरक भित्रबाटै फेसबुक मार्फत युवा बन्ने उद्यमशिलता मै व्यस्त भइयो । 
फेसबुक पनि गजबकै माध्यम बनेको छ मेरा लागि । नचिनेका (फेसबुक फ्रेन्ड मात्रै) अनेकाै मित्रहरुका ‘पोष्ट’ मेरो लेखनको संजीवनी बन्न पुग्छन । 
यस्तै एकजना मित्र हुन अनिता देवी । आज उनले आफूलाई मनपर्ने गीतका केही पंक्ति लेखिन, ‘मौसम है आशिकाना’ । प्रत्यक्ष रुपमा म अनितालाई चिन्दिन । तर २१औं शताब्दीको उन्नत प्रविधि सम्पन्न समयमा कसैलाई प्रत्यक्ष चिन्नु आवश्यक छैन । ‘भर्चुअल’ संसारले हामी सबैलाई एक अर्काको यति नजिक बनाई दिएको छ  कि तपाई एक सेकेण्डमै पृथ्वीको सात फन्को मार्न सक्नुहुन्छ । 
गीतका पंक्ति पढ्नासाथ म ‘युट्युव’मा जम्प गरेर फेसबुक मित्र अनिताको सुझावसंग स्मृतिको सागरमा पौडिन थालें । 
कहना के रुत जवां है और हम तरस रहे हैं 
काली घटा के साये बिरहन को डस रहे हैं 
डर है न मार डाले सावनका क्या ठिकाना 
ऐ दिल कहीं से उनको ऐसे में ढुंढ लाना ।
 
कालीदास मेघदूतमा आफ्नी नायीकाको सन्देश बादल मार्फत पठाउन लाउँछन । विज्ञान जगतले कवि कालीदासको हाँसो उडाउँछ, बादलले पनि सन्देश लान सक्छ र ? 
गुलाम मोहम्मदले संगीत संयोजन गरेको पाकीजा फिल्मको यस गीतमा स्वर लता मंगेशकरको रहेको थियो । म जन्मेको पाँच वर्ष पछि प्रदर्शित भएको यस फिल्मका निर्देशक  थिए कमाल अमरोही । यो गीत कमाल अमरोहीले नै लेखेका थिए । 
कालीदासले बिरहनी नायिकाको सन्देश नायक सम्म पुरयाउन बादललाई प्रयोग गरेका थिए । कमाल अमरोहीले त झन कमाल नै गरे । उनले नायिकाको हृदयलाई नै नायक सम्म सन्देश पुरयाउने माध्यम बनाए । कालिदासको हाँसो उडाउने विज्ञान जगतले अमरोहीलाई पागल प्रेमी भन्दा अर्को कुनै संज्ञा दिन आवश्यक ठान्दैन । 
तर के कालिदासको हाँसो गर्न उपयुक्त हुन्छ र ? कालीदासले त ‘जनरल रिलेटिभिटी थ्योरी’ ‘इलेक्ट्रोम्याग्नेटिक थ्योरी’ कै कल्पना गरेका होइनन र ! अब त विज्ञानले सन्देश बादल भन्दा पनि छिट्टै आदान प्रदान गरी रहेको छ । अहिले त सन्देश प्रकाशकै गतिले ओहोर दोहोर भइराखेका छन । 
विज्ञानका लागि अब यो द्रुत गति पनि ‘छेउ न टुप्पो’ सदृश्य बनेको छ । सबैभन्दा नजिकको अर्को सौर्यमण्डलमै उपलब्ध गतिले सन्देश पठाउन ४.२ वर्ष लाग्छ र त्यहाँबाट जवाफी सन्देश आउन थप ४.२ वर्ष लाग्छ ।   
विज्ञानले कमाल अमरोही कै सुझाव अपनाउनु पर्ने हो । ‘जनरल रिलेटीभिटी’ ले त संसारका माप ४६.५ अर्ब प्रकाश वर्ष पु¥याई दियो । हाम्रो सन्देश पठाउने क्षमता भने जम्मा ३ लाख किमी/सेकेण्ड ।
यस गतिले सन्देश पठाउँदा ‘मिल्की वे’ आकाशगंगा कै अर्को छेउमा रहेको कुनै ग्रहसम्म सन्देश पुग्न ५० हजार वर्ष लाग्छ । 
यस समस्याको निराकरण त ‘जनरल रिलेटीभिटी’ ले गर्दैन । कमाल अमरोही हृदयबाट नै सन्देश पठाउने उपाय सुझाउँछन । यानि ‘क्वान्टम फिजिक्स’ बाट । दूरी बाहिरी संसारको ‘फेनामेना’ हो । पारमाणविक स्तरमा इलेक्ट्रोन न्युक्लियसबाट जति टाढा भए पनि त्यो दूरी एक ‘जम्प’को मात्रै त हो । प्रेममा इन्टेङगल्ड    -ENTANGLED_ भएका हृदयका लागि दूरीको के नै समस्या ? एक हृदयमा भाव उठ्नासाथ अर्को हृदयसम्म त्यो भाव संप्रेषण हुन कुनै समय नै लाग्दैन । यस स्तरमा ‘टाइम’ र ‘स्पेश’ दुबैको अवसान हुन्छ । ‘क्वान्टम इन्टेङगल्डमेन्ट’ विज्ञानबाट प्रमाणित नै छ । 
फिरते है हम अकेले बाहों मे कोई ले ले 
आखिर कोई कहाँ तक तन्हाइयों से खेले 
दिन हो गये है जालिम राते हैं कातिलाना 
मौसम है आशिकाना ........

अमाल अमरोही का यी पंक्ति २१औं शताब्दीको प्रेमिकाका लागि त त्यति विघ्न उपयुक्त लाग्दैनन् अब त यी पंक्ति बरु विज्ञानकै परिस्थिति माथि सटीक बस्छन । 
‘टाइम ट्रैभल’, ‘एम थ्योरी’, ‘प्यारेलल यूनीभर्स’, ‘गै्भिटि’, ‘वार्म होल’, ‘ब्लैक होल’, ‘डार्क मैटर’, ‘डार्क इनर्जी’ लगायत कैयन विषय विज्ञानकै सूत्रबाट अस्तित्वमा आएका हुन । विज्ञानसंग यी बारे सटीक जवाफ छैनन । ‘स्ट्रिंग थ्योरी’को वैज्ञानिक व्याख्या र आत्मा बारेको अध्यात्मिक व्याख्यामा के नै अन्तर छ ? ‘क्वान्टम थ्योरी’ र त्यसपछिका अन्य अनुसन्धानमा विज्ञान पनि हिन्दु धर्मका शास्त्र वर्णित भाषा र शैली बोल्न थालेको छ । 
‘टाइम ट्रैभल’, ‘प्यारेलल यूनिभर्स’, ‘वार्महोल’, ‘डार्क इनर्जी’ गणितीय सूत्रबाट प्रतिपादित हुन्छन तर तिनको अस्तित्व प्रमाणित गर्न सक्ने खूवी विज्ञानसंग अझै छैन । हिन्दु शास्त्रहरुमा यी सबै प्रसंग समेटिएका छन । हिन्दु शास्त्रहरु मनको चर्चा गर्छन तर विज्ञान मनलाई मान्दैन । आगामी दिनहरुमा विज्ञानको सहारा अध्यात्मनै बन्नेछ, अध्यात्मकै सहारा लिएर विज्ञानले उपरोक्त क्षेत्रमा आफ्नो अनुसन्धान अगाडी बढाउन सक्छ । 
हिन्दुस्तानी संगीत रागमा आधारित छ । राग के हो ? ध्वनीको विज्ञान ! विज्ञान त विभिन्न माध्यममा ध्वनीको गति मात्र पत्तो लगाएर सन्तुष्ट हुन्छ । त्यसमा निहीत रहस्यको खोजी आवश्यक ठान्दैन । 
ध्वनीका बारे थोरै चर्चा गरौं 
१) मौसम है आशिकाना .....
२) लौ सुन म भन्छु मेरो राम कहानी .....
३) प्रेमको माला पहिराइ दिएँ ..... 
४) घर से निकलते ही कुछ दूर चलते ही .....
५) जिन्दगी भर नहीं भूलेंगे वह बरसात की रात .....

के समानता छ यी गीतहरुमा ? यी सबै गीत यमन रागमा आधारित हुन । हिन्दुस्तानी संगीत संस्कृतिमा प्रत्येक रागका लागि सुन्ने समय पनि निर्धारित गरिएको छ । संस्कृत, तिब्बेतीयन, ल्याटीन भाषा बोल्दाको ध्वनि र अन्य भाषा उच्चारणको ध्वनिमा सहजै फरक छुट्टयाउन सकिन्छ । के रहस्य हो ध्वनि र ध्वनि श्रोतको ? 
ध्वनि विज्ञान र ‘जनरल रिलेटीभिटी थ्योरी’ भन्छ भन्छ, ध्वनि माध्यम नभई गति गर्न सक्दैन र कुनै पनि रेडियो तरंग प्रकाशको गति भन्दा तीव्र गति गर्न सक्दैन । ‘क्वाण्टम एटेंगलमेण्ट’ले दुबैलाई परिहास गरिसकेको छ । 
अनिता देवीको मनपर्ने गीत चर्चामा विज्ञान मिसाएर संभवतः मैले न्याय त गरिँन तर मसंग अन्य उपाय पनि थिएन । राग यमनबारे जानकारी लिन पनि संगीतकार प्रभूराज ढकालसंग सम्पर्क गरेपछि मात्र सम्भव भयो । 
मीनाकुमारीका आँखाबाट शुरु भएको यस गीतको छायांकनमा शब्द अनुसार ‘आ जाओ मै बना दूँ पलकोंका शामियाना’ गाउँदा जुनबेला उनी बिस्तारै आफ्ना परेली झारेर आँखा बन्द गर्छिन त्यो नै प्रेमको उत्कर्ष हो । प्रेम जुन यस जगतमा सबैभन्दा ठूलो रसायन हो । आजको मानवताले यो रसायन बिर्सिंदै गइरहेको छ । कता कता विज्ञान पनि यो रसायनबाट टाढा हुँदै गइरहेको छ । 
प्रेमिकाको प्रेमी प्रतिको अहोभाव ‘सूरज कहीं भी जाए तुम पर न धूप आए, तुमको पुकारते है इन गेसुओ के साये’ जस्तै विज्ञानको पनि मानवता प्रति यही भाव हुनुपर्छ ।